६ पुस २०८२, आइतबार | December 21, 2025

ओली विरुद्ध मातृका यादवको आपत्तिजनक अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ



काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध माओवादी केन्द्रका सांसद मातृका यादवले दिएको अभिव्यक्ति हटाउन सभामुखले रुलिङ गरेका छन् ।

बिहीबारको बैठकमा सांसद यादवले ओली विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै एमाले सांसदहरुले चर्को विरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले उनका केही अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ गरेका हुन् । यादवले ओलीमा मेन्टल्ली र फिजिकल्ली समस्या रहेको बताएका थिए ।

शुक्रबार बैठक सुरुहुनासाथ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्तिको विराधे गरेका थिए ।

भट्टराईले यादवले संसदमा बोलेको कुराले संसदीय मर्यादा भंग गरेको बताएका थिए । यादवले बोलेको कुरा रेकर्डबाट हटाएर संसदको गरिमा कायम गर्न उनले माग गरे । त्यसपछि सभामुख सापकोटाले यादवको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १ : ४१ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको