२८ भदौ २०८३, आइतबार | September 13, 2026

मोटरसाईकलको ठक्करबाट प्रहरी निरिक्षकको मृत्यु भएको सम्बन्धमा गृहमन्त्रालयले बनायो छानविन समिति



नवलपरासी (पश्चिम) । मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरेको छ । साउन २५ गते नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय अगाडि लु १४ प ८७५८ नम्बरको मोटरसाइकको ठक्करबाट मृत्यु भएका प्रहरी निरिक्षक वाग्लेको मृत्यु सम्बन्धमा छानविन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन भएको हो ।

दुर्घटनाका सन्दर्भमा स्थलगत अध्यन गरी सत्यतथ्य छानबिन गर्न गृहमन्त्रीस्तरीय निर्णयले मन्त्रालयका सहसचिव सुनिल खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको गृहमन्त्रालयले प्रेस विज्ञप्ति प्रकाशित मार्फन जानकारी दिएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरी सदस्य रहेको समितिलाई १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको गृहमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

यही साउन २५ गते नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालयअगाडि लु १४ प ८७५८ नम्बरको मोटरसाइकले ठक्कर दिँदा इलाका प्रहरी कार्यालयमा कार्यरत तनहुँ निवासी प्रहरी निरीक्षक वाग्ले गम्भीर घाइते भएकोमा उनको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको थियो । प्रहरी निरिक्षक काफ्लेकाे मृत्युकाे विषयमा संघीय संसदमा समेत सांसदहरुले प्रश्न उठाएका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ९ : ०२ बजे

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि

काठमाडौं । नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदलको काभ्रेमा आवासीय बैठक

काठमाडौँ । पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज

देउवा पक्षले छानेका जिल्ला प्रतिनिधिहरुले नै भने- ‘आधिकारिक कांग्रेसविरुद्धका कुनै गतिविधिमा लाग्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप