१९ माघ २०८२, सोमबार | February 3, 2026

कोरोना संकटका कारण नेपाली अर्थतन्त्रमा गम्भीर संकट पर्ने, आर्थिक वृद्धिदर बढीमा २ दशमलब ८ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण



काठमाडौ । कोरोना संकटका कारण नेपाली अर्थतन्त्रमा गम्भीर संकट पर्ने देखिएको छ । विश्व बैंकले आज एक प्रक्षेपण गर्दै कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रले गम्भीर संकटको सामना गर्नुपर्ने आंकलन गरेको हो ।

विश्व बैंकले आर्थिक वृद्धिदरमा पनि उच्च गिरावट आउने निस्कर्ष निकालेको छ । दक्षिण एसियाली देशहरुको आर्थिक अवस्थाबारे रिर्पोट सार्वजनिक गर्दै विश्व बैंकले अर्थतन्त्रमा पर्ने संकटको असर न्यूनिकरण गर्न विशेष ध्यान दिनुपर्ने जनाएको छ ।

सन् २०२० मा परेको असर न्यूनीकरणमा बढी ध्यान दिनुपर्दा त्यसपछिका लगातार दुई आर्थिक वर्षको आर्थिक वृद्धि दरमा समेत असर पुग्ने आंकलन विश्व बैंकको रहेको छ । नेपालको अहिलेको आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा रहेको छ ।

एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.३ देखि ५.३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो । विश्व बैंकले भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका मालदिभ्स, अफगानिस्तानको आर्थिक वृद्धदर समेत घट्ने प्रक्षेपण गरेको छ ।

श्रीलंका, मालदिभ्स, पाकिस्तान र अफगानिस्तानको आर्थिक वृद्धिदर ऋणात्मक हुने बैंकले अनुमान बैंकको छ । पर्यटनमा आधारित दक्षिण एशियाली मुलुकहरुको अर्थतन्त्र सबैभन्दा बढी धरासायी हुने बंैकले प्रक्षेपण गरेको छ ।

नेपाल लगायतका दक्षिण एशियाली देशहरुमा रेमिटयान्समा उल्लेख्य कमी आउंदा आर्थिक वृद्धिलाई प्रभावित पार्ने देखिन्छ । पर्यटन, व्यापार र औद्योगिक उत्पादन एवं त्यसको खपतमा कमीले आर्थिक वृद्धिदरलाई प्रभावित बनाउनेछ ।

पर्यटन, खुद्रा व्यापार र अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसहरु कोभिडले बढी प्रभावित हुने छन् भने सामाजिक असमानताका कारण धनी र गरिब बीचको खाडल अझ बढी देखिने बैंकले उल्लेख गरेको छ ।

अर्थतन्त्रमा परेको प्रभाव नियन्त्रणका लागि सरकारहरुले उचित नीति ल्याउनुपर्ने सुझाव पनि विश्व बैंकले दिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ७ : १० बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली