१ पुस २०८२, मंगलबार | December 17, 2025

सिँचाइका लागि आलोपालो प्रणाली



टीकापुर । कैलालीको टीकापुरका किसानले सिँचाइमा समान पानी वितरणका लागि आलोपालो प्रणाली लागू गरेका छन् । कुलामा पर्याप्त पानीको अभाव भएपछि किसानले सबैको खेतसम्म पानी पु¥याउन आलोपालो प्रणाली लागू गरेका हुन् ।

पानीका लागि किसानबीच हुने खिँचातानी अन्त्य गर्न र उत्पादन वृद्धिमा सहयोग पुगोस् भनेर पालो लगाइएको हो । कैलालीमा रानीजमरा कुलरिया सिँचाइ आयोजनाले सिँचाइ विस्तारका लागि काम गरिरहेको छ । परियोजनाले सिँचाइ सुविधा विस्तारका लागि काम गरिरहे पनि पानीको वितरण प्रणाली लागू नहुँदा कतै धेरै र कतै सुख्खा रहने गरेको छ । धान खेतमा आवश्यक पानी पर्याप्त नहुँदा टीकापुर नगरपालिका–१ वनगाउँका किसानले आलोपालो नियम बनाएर धान खेत सिँचाइ गर्न थालेपछि सहज भएको छ ।

कुलोमा पानीको कमी हुँदा धानको उत्पादनमा कमी हुन सक्ने भन्दै वनगाउँ बीचपुरुवाका किसान कुलाको पानी प्रयोगका लागि आलोपालो नियम बनाएर खेत सिँचाइ गर्न थालेको पहारुलाल चौधरीले बताए । “धान खेतीलाई आवश्यक पर्ने पानी सबै किसानको खेतका गह्रासम्म सहजरुपमा पु-याएर सिँचाइ गरी उत्पादन राम्रो गराउन पानीका लागि आलोपालो नियम बनाएर लागू गर्दा सहज भएको छ”, चौधरी भन्छन्, “नियम नबनाउँदा आसपमा किसानबीच झगडा हुन थाल्यो, त्यसैले गाउँले बसेर आफैँले नियम बनायौँ ।”

कुलाको पानी प्रयोगका लागि आलोपालो नियम नबनाउँदासम्म कुलाको शिरतिरका किसानले धेरै पानी प्रयोग गर्ने र अन्त्यमा खेत भएका किसानले पानी नै नपाउने समस्या हुन्थ्यो । कर्णाली नदीमा पर्याप्त पानी छ तर गाउँमा रहेका सिँचाइ कुलामा आवश्यक पानी वितरण हुन सकेको अवस्था छैन । त्यसको मारमा किसान परिरहेका छन् । “धान रोपेदेखि नियमित सिँचाइ गर्न अति आवश्यक छ, तर कुलामा पर्याप्त पानी नहुँदा महिना दिनसम्म खेतमा पानी हाल्न नपाउने अवस्था छ”, वनगाउँका टङ्क घर्ती मगरले भने, “अहिले सबै किसानले समानरुपमा खेतमा पानी हाल्न पाएका छन्, पानी पाएमा बाली राम्रो उत्पादन हुने गर्छ, बाली राम्रो हुने मात्र होइन धानमा झार उम्रने, विभिन्न रोगबाट बचाउन सकिन्छ ।”

वनगाउँको बीच पुरुवा र दक्षिण पुरुवाका करीब २०० बिघा क्षेत्रफल खेतमा एउटै कुलाको पानी लाग्ने गरेको छ । वनगाउँको गबलिया कुलामार्फत क्षेत्रफल खेतमा लाग्ने पानी सबैलाई पर्याप्त हुँदैन । यसका लागि यहाँका किसानले कुलाको पानी प्रयोग गर्न तीन खण्डमा विभाजन गरी बाँडफाँट गरिहेको बडघर तेजबहादुर चौधरी जानकारी दिए । “सिँचाइका लागि आलोपालो नियम पालना गर्न समुदायको भेलाले विभिन्न नियम तथा निणर्य गरेका छौँ”, उनी भन्छन्, “आफ्नो पालोका दिनबाहेक अरु दिन पानी सिँचाइ गर्न नपाइने र त्यो दिन पानी प्रयोग गरेमा जरिवाना तिराउने नियम बनाएका छौँ ।”

किसानको भेलाले कुलाका पानीको अवस्था हेरेर आफ्नो पालोमा कुलाको स्याहार गर्ने, पानी लिन मुहानसम्म जाने र पालोका दिन २४ घण्टासम्म आफ्नो खेतमा सिँचाइ गर्न पाउने नियम बनाइएको छ । कुलाको सरसफाइ र मुहानसम्म पानी लिन सबै किसान मिलेर जाने गरेका छन् ।

रानीजमरा कुलरिया सिँचाइ आयोजना लागू भएका क्षेत्रमा सिँचाइका लागि पानीको पर्याप्तताका लागि विभिन्न संरचना निर्माणसहित पानी वितरण भइरहेको छ । आयोजना लागू भएका टीकापुर र लम्की चुहा नगरपालिका तथा जानकी गाउँपालिकामा अहिले १४ हजार ३०० हेक्टरमा सिँचाइ पु¥याउने र पछि थप गरी १८ हजार हेक्टरमा लगिने आयोजनाले जनाएको छ ।

 

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ११ : ३५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष