२० मंसिर २०८२, शनिबार | December 6, 2025

नक्कली स्मार्ट लाइसेन्स् बनाईदिने समुहका दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) बनाएर बिक्री गर्ने २ जनालाई नियन्त्रणमा लिएकोछ ।

महानगरिय ट्राफिक प्रहरी कार्यालयको टोलिले नक्कली स्मार्ट लाईसेन्स र कर तिरेको नक्कली रसिद समेत बनाईदिने ललितपुर महानगरपालिका–२,बुङमती घर भई हाल जोरपाटी बस्दै आएका प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका- ६ घर भई हाल मुलपानी बस्दै आएका कल्पना दाहाल रहेका छन् । पक्राउ परेकाहरुले यातायात कार्यालयहरूबाट जारी गरिने सवारी चालक अनुमति पत्रका नगदी रसिदहरू केही व्यक्तिहरुले सरकारी कागजात दस्तखत किर्ते गरी रकम लिने गरेको भन्ने बिशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरूलाई कागेश्वनरी मनोहरा नगरपालिका वडा नं. ६ मुलपानी स्थित राईजिङ एक्सपोर्ट ड्राईभिङ सेन्टरबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

तुलाधरबाट आफ्नै नाममा रहेको ०१-००-९८५७६९५३ नम्बर भएको सवारी चालक अनुमतीपत्रको नक्कली नगदी रसिद ट्राफिक प्रहरीले बरामद गरेको थियो । तुलाधर पक्राउ परेपछि उनकै बयानका आधारमा ट्राफिक प्रहरीले दाहाललाई मुलपानीबाट नियन्त्रणमा लिएको हो। दाहालको साथबाट गिताकुमारी ठकुरीको नाममा जारी भएको सवारी चालक अनुमतीपत्रनं. ०१-०६-००६८३४३८ भएको नक्कली नगदी रसिद समेत बरामद गरेको छ।

ट्राफिक प्रहरीका अनुसार उनीहरूले दर्जनौ व्यक्तिसँग रकम लिएर नक्कली लाईसेन्स रसिद दिई किर्ते ठगी गर्ने काम गर्दै आएका थिए । पक्राउपरेका दुवैजनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागि प्रहरीबृत्त, सिंहदरवारमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ७ : २६ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय