५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेद्वारा संसद सचिवालयलाई पत्राचार



काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको छ ।

एमालेले नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाएको छ । यस्तै निर्वाचन आयोगमा पनि एमालेले ती सांसदहरुलाई पदमुक्त गरेको पत्र बुझाएको छ ।

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकै दिनमा एमालेले वरिष्ठ नेता नेपालसहित उनीपक्षीय सांसदहरुलाई पदमुक्त गर्न पत्राचार गरेको हो । पार्टीको निर्देशन र अनुशासन उल्लंघन गरेको भन्दै एमालेले उनीहरुलाई सांसद पदबाट हटाउन सचिवालयलाई पत्राचार गरेको हो ।

पदमुक्त गरिएका सांसदहरुमा नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, विरोध खतिवडा, कल्याणी खड्का, रामकुमारी झाँक्री, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, कृष्णलाल महर्जन र भवानी खापुङ रहेका छन्।

सरकारले आजै मात्र पार्टी केन्द्रीय कमिटी वा संसदीय दलको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याएको छ । अध्यादेश आफ्नो पार्टी फुटाउन ल्याएको भन्दै एमालेले आपत्ति जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ५ : २२ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया