२१ असार २०८३, आइतबार | July 5, 2026

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेद्वारा संसद सचिवालयलाई पत्राचार



काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको छ ।

एमालेले नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाएको छ । यस्तै निर्वाचन आयोगमा पनि एमालेले ती सांसदहरुलाई पदमुक्त गरेको पत्र बुझाएको छ ।

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकै दिनमा एमालेले वरिष्ठ नेता नेपालसहित उनीपक्षीय सांसदहरुलाई पदमुक्त गर्न पत्राचार गरेको हो । पार्टीको निर्देशन र अनुशासन उल्लंघन गरेको भन्दै एमालेले उनीहरुलाई सांसद पदबाट हटाउन सचिवालयलाई पत्राचार गरेको हो ।

पदमुक्त गरिएका सांसदहरुमा नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, विरोध खतिवडा, कल्याणी खड्का, रामकुमारी झाँक्री, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, कृष्णलाल महर्जन र भवानी खापुङ रहेका छन्।

सरकारले आजै मात्र पार्टी केन्द्रीय कमिटी वा संसदीय दलको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याएको छ । अध्यादेश आफ्नो पार्टी फुटाउन ल्याएको भन्दै एमालेले आपत्ति जनाएको छ ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ५ : २२ बजे

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल