३ पुस २०८२, बिहिबार | December 19, 2025

लकडाउनमा चोरबाटोबाट उदयपुर आएका थिए, ‘कोरोना संक्रमित भारतीय’



काठमाडौ । शुक्रबार नेपालभर १४ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित बिरामी भेटिए । त्यसमध्ये १२ जना उदयपुरका रहेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा २९ वर्षे उमेर समूहका २ जना, २८ वर्षे ४ जना, २२ वर्षे १ जना, २५ वर्षे १ जना, २० वर्षे १ जना, ३९ वर्षे १ जना, ४० वर्षे १ जना र २६ वर्षे १ जना गरी १२ जना रहेका छन् । त्यसमा चितवनमा भेटिएका २७ र ६३ वर्ष उमेरका २ जना रहेका छन । कोरोना संक्रमित भएका १४ जना पुरुष हुन् ।

एक नेपाली र ११ जना भारतीय नागरिक

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितमध्य १ जना नेपाली र ११ जना भारतीय नागरिक हुन् । ‘एकजना नेपाली मोरङका हुन,’ उनले भने, ‘११ जना भारतीय मुस्लिम समुदायका नागरिक हुन् ।’

उनले १२ जना भारतीयसहित ४ जना नेपालीको पनि कोरोना परीक्षण गरिएको जानकारी दिए ।

उनले संक्रमित सबैलाई उपचारको लागि विराटनगरको कोशी अस्पताल पठाइएको जानकारी पनि दिए । सँगै बसेका तर, कोरोना नेगेटिभ देखिएका अन्य ४ जनालाई पनि विराटनगर लगिएको छ ।

यसरी आइपुगेका संक्रमित भारतीय नागरिक उदयपुर

संक्रमितहरु नेपाल भारतको जोगवनी नाका हुदै सप्तरीको वोदेबर्साइन नगरपालिका – ५ जाँजरमा फागुन ३–५ गते भएको नेपाल इज्तिमा सहभागी हुन आएका थिए । त्यसपछि उनीहरु विभिन्न मस्जिदमा बस्दै लकडाउन सुरुभएपछि चोरबाटो हुँदै गत चैत्र १३ गतेतिर उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा रहेको मस्जिदमा आएर बसेको स्थानीयले बताएका छन् ।

वीरगजको मस्जिदमा लुकेर बसेका ३ मुस्लिम धार्मिक गुरुमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले मस्जिदको अनुगमन गरेको थियो । अगुगमनको क्रममा मस्जिदमा उनीहरु लुकेर बसेको अवस्थामा भेटिएका थिए । मस्जिदमा बस्दै आएको समूहलाई सामाजिक दुरी कायम गरि राखिएको थियो । स्थानीयका अनुसार एउटै भान्सामा खाने र सामाजिक घुलमील गरिरहेको थिए ।

लकडाउनको समयमा मस्जिदमा विदेशी आएर गुपचुप बसेकाले पटक/पटक त्रियुगा नगरपालिका, जिल्ला प्रशासन, प्रहरीलाई सूचना दिएको स्थानीय पत्रकार यदुप्रसाद ढकाल बताउँछन् । ‘प्रशासनले जे भनेपनि कोरोना संक्रमितहरु लकडाउन सुरु भएपछि उदयपुर आएका हुन,’ उनले भने, ‘हामीले जिल्ला प्रशासन, प्रहरीलाई पनि पटक/पटक खबर गरेका थियाैँ, सुरुमा वेवास्ता गरे, पछि वीरगञ्जमा भेटिएपछि खोजी सुरु गरिएको हो, अनि मात्र कोरोना परीक्षण गरिएको हो ।’

मस्जिद क्षेत्रमा कडा सुरक्षा

त्रियुगा नगरपालिका ३ भुल्केमा रहेको मस्जिद क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार संक्रमण पुष्टि भएपछि अहिले मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षाकर्मीले मस्जिद र आसपासको क्षेत्रमा हिँडडुलमा रोक लगाएका छन् । यो क्षेत्रलाई सिल गर्ने र संक्रमितलाई कोशी अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ११ : ५९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको