२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अमेरिकामा मृतक र संक्रमितको संख्या बढ्दो, स्वास्थ्य सामाग्रीको अभाव, स्थिति नियन्त्रण बाहिर जाने संकेत



एजेन्सी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले अहिलेसम्म २ सय १० मुलुकमा त्राहिमाम मच्चाईरहेको छ । चीनबाट सुरु भएको कोरोनाको प्रकोप अहिले अमेरिकामा ह्वात्तै खनिएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुने र संक्रमण हुनेको संख्या विश्वमै उच्च रहेको छ ।

अहिलेसम्म ३७ हजार १५८ जनाको मृत्यु भैसकेको छ भने ७ लाख १० हजार २१ जना संक्रमित भएका छन । अमेरिकाका अस्पतालहरुमा भैरहेको उपचार ब्यवस्थामा पनि संकट उत्पन्न भएको चिकित्सकहरुले खुलासा गरेका छन ।

उपचार कार्यमा खटिएका चिकित्सकहरुका अनुसार पीपीई किट पर्याप्त छैन । एउटै किट धेरै पटक प्रयोग गर्दा संक्रमण फैलावटको गति झनै बढेको छ । समय छंदै पीपीई किटलगायतका स्वास्थ्य सामाग्रीको पर्याप्त ब्यवस्था गर्न नसकेका कारण मुलुकको अवस्था चिन्ताजनक स्थितिमा पुगेको चिकित्सकहरुले बताएका छन ।

विश्वकै शक्तिशाली मुलुक अमेरिकाको अवस्था अहिले झण्डै नियन्त्रण बाहिर पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले पनि दावी गरेका छन । यद्यपी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैभन्दा खराब समय वितिसकेको भन्ने आफ्नो जिकिर दोहोर्याउन छाडेका छैनन । तर जन हप्किन्स विश्वविद्यालयबाट सार्वजनिक हुने गरेका तथ्यांकहरुले भने राष्ट्रपति ट्रम्पको जिकिरलाई गलत सावित गराईदिएको छ ।

विश्वमा अहिलेसम्म कोरोना भाईरसका कारण १ लाख ५४ हजार २४५ जनाको मृत्यु भएको छ भने २२ लाख ५० हजार ४०५ जना संक्रमित भएका छन । त्यस्तै ५ लाख ७१ हजार ५७७ जना उपचारपछि निको भएका छन । विश्वका विभिन्न अस्पतालमा १५ लाख २४ हजार ५८३ जनाको उचार भैरहेकोमा ५६ हजार ९ सय ६३ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १२ : ०२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले