२१ माघ २०८२, बुधबार | February 5, 2026

अमेरिकामा मृतक र संक्रमितको संख्या बढ्दो, स्वास्थ्य सामाग्रीको अभाव, स्थिति नियन्त्रण बाहिर जाने संकेत



एजेन्सी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले अहिलेसम्म २ सय १० मुलुकमा त्राहिमाम मच्चाईरहेको छ । चीनबाट सुरु भएको कोरोनाको प्रकोप अहिले अमेरिकामा ह्वात्तै खनिएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुने र संक्रमण हुनेको संख्या विश्वमै उच्च रहेको छ ।

अहिलेसम्म ३७ हजार १५८ जनाको मृत्यु भैसकेको छ भने ७ लाख १० हजार २१ जना संक्रमित भएका छन । अमेरिकाका अस्पतालहरुमा भैरहेको उपचार ब्यवस्थामा पनि संकट उत्पन्न भएको चिकित्सकहरुले खुलासा गरेका छन ।

उपचार कार्यमा खटिएका चिकित्सकहरुका अनुसार पीपीई किट पर्याप्त छैन । एउटै किट धेरै पटक प्रयोग गर्दा संक्रमण फैलावटको गति झनै बढेको छ । समय छंदै पीपीई किटलगायतका स्वास्थ्य सामाग्रीको पर्याप्त ब्यवस्था गर्न नसकेका कारण मुलुकको अवस्था चिन्ताजनक स्थितिमा पुगेको चिकित्सकहरुले बताएका छन ।

विश्वकै शक्तिशाली मुलुक अमेरिकाको अवस्था अहिले झण्डै नियन्त्रण बाहिर पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले पनि दावी गरेका छन । यद्यपी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैभन्दा खराब समय वितिसकेको भन्ने आफ्नो जिकिर दोहोर्याउन छाडेका छैनन । तर जन हप्किन्स विश्वविद्यालयबाट सार्वजनिक हुने गरेका तथ्यांकहरुले भने राष्ट्रपति ट्रम्पको जिकिरलाई गलत सावित गराईदिएको छ ।

विश्वमा अहिलेसम्म कोरोना भाईरसका कारण १ लाख ५४ हजार २४५ जनाको मृत्यु भएको छ भने २२ लाख ५० हजार ४०५ जना संक्रमित भएका छन । त्यस्तै ५ लाख ७१ हजार ५७७ जना उपचारपछि निको भएका छन । विश्वका विभिन्न अस्पतालमा १५ लाख २४ हजार ५८३ जनाको उचार भैरहेकोमा ५६ हजार ९ सय ६३ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १२ : ०२ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता