१६ चैत्र २०८२, सोमबार | March 30, 2026

निको भएका बिरामीमा पोस्ट कोभिडको जोखिम



काठमाडौं । कोरोना (कोभिड-१९) सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या भनेका छन् । यस्तो समस्याले कतिपयको ज्यानै लिन सक्ने अवस्था देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा। शेरबहादुर पुनले कोरोना सङ्क्रमित निको भएपछि पोस्ट कोभिडका लक्षण देखिएको जानकारी दिए । उनले पोस्ट कोभिडका कारण कम्मर, ढाड, मस्तिष्कघात, पक्षघात साथै मुटु हल्लिएको अनुभूति हुने, फोक्सो, मिर्गौला, छाला, आँखाको समस्या हुने बताए ।

पोस्ट कोभिड भएका बिरामीमा मनोपरामर्श आवश्यक रहेको बताउँदै भने, “विशेष गरी पोस्ट कोभिडका लक्षण सघन कक्षमा पुगेर निको भएका बिरामीमा देखिएको छ ।”

अस्पतालमा हुँदा अन्य मानिसको ज्यान गएको देख्दा आफूलाई पनि यस्तै हुन्छ कि भन्ने मनोभाव हुन्छ । फेरि पनि समस्या आउँदा धेरै डराउने भएका कारण मनोपरामर्शको आवश्यकता रहेको जानकारी दिए । पोस्ट कोभिडका लक्ष युवा नै धेरै देखिएको र अस्पतालमा ५० प्रतिशत जति यस्ता बिरामी आएको डा। पुनले जानकारी दिए ।

कोरोना सङ्क्रमण भएको बेला निकै गाह्रोे भएको थियो, न्युरोडकी ३८ वर्षीया मनिता दहाललाई । कम हुन एक महिना लागेको उनी भन्छिन्, “निको हुँदै गएपछि कपाल झर्न सुरु भयो । यति धेरै झर्यो अगाडि तालु नै भयो ।”

कोरोना सङ्क्रमण भएपछि यस्तै हुन्छ भनेर सोच्यो तर कपाल झर्ने कम नभएपछि अस्पताल गएपछि थाहा भयो मलाई पोस्ट कोभिड अर्थात् कोरोना निको भएपछि हुने समस्या भएको जानकारी दिए । धेरैले पोस्ट कोभिडका कारण विभिन्न समस्या भोग्नु परेको चिकित्सकको भनाइ छ । आजको गोरखापत्र दैनिकमा यलु जोशीले यो समाचार लेखेकी छिन ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ७ : ३६ बजे

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज

लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाको आदेश आएन, कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा