२९ मंसिर २०८२, सोमबार | December 15, 2025

१७ बर्षपछि भारतबाट पहिलोपटक निजी कार्गो रेल नेपालमा



काठमाडौं । नेपालमा पहिलो पटक भारतबट निजी क्षेत्रको कार्गो रेल आइपुगेको छ । नेपाल–भारत रेल सेवा सुरुआत भएको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल नेपाल आइपुगेको हो ।

२०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौता अनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपाललमा सेवा दिंदै आएकोमा निजी क्षेत्रको रेल चले सगैँ भारत सरकारको एकाधिकार अन्त्य भएको छ ।

नेपाल इन्टरमोडल यातायात समितिका अनुसार हिम्ड टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको हो ।

हल्दियाबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

रेल सेवा पुनरावलोकन सम्झौतामा गत २०२१ जुलाईमा भएको दुई देश बीचको सहमति पछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको थियो । यस अघि नेपाल भारत रेल सेवामा भारत सरकारको एकाधिकार कायम रहदै आएको थियो । सम्झौता भएको करिव २ महिना पछि सम्झौता गरेको रेल नेपालमा सामान लिएर आइपुगेको हो ।

नेपाल सरकार र भारत सरकार बीच २०६१ सालमा रेल सेवा सम्झौता भएको थियोे ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  १ : ०९ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ