२१ चैत्र २०८२, शनिबार | April 4, 2026

१७ बर्षपछि भारतबाट पहिलोपटक निजी कार्गो रेल नेपालमा



काठमाडौं । नेपालमा पहिलो पटक भारतबट निजी क्षेत्रको कार्गो रेल आइपुगेको छ । नेपाल–भारत रेल सेवा सुरुआत भएको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल नेपाल आइपुगेको हो ।

२०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौता अनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपाललमा सेवा दिंदै आएकोमा निजी क्षेत्रको रेल चले सगैँ भारत सरकारको एकाधिकार अन्त्य भएको छ ।

नेपाल इन्टरमोडल यातायात समितिका अनुसार हिम्ड टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको हो ।

हल्दियाबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

रेल सेवा पुनरावलोकन सम्झौतामा गत २०२१ जुलाईमा भएको दुई देश बीचको सहमति पछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको थियो । यस अघि नेपाल भारत रेल सेवामा भारत सरकारको एकाधिकार कायम रहदै आएको थियो । सम्झौता भएको करिव २ महिना पछि सम्झौता गरेको रेल नेपालमा सामान लिएर आइपुगेको हो ।

नेपाल सरकार र भारत सरकार बीच २०६१ सालमा रेल सेवा सम्झौता भएको थियोे ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  १ : ०९ बजे

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड काठमाडौं । परराष्ट्रमन्त्री

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू