२० माघ २०८२, मंगलबार | February 3, 2026

तङ्ग्रिन थाल्यो काभ्रेमा होटल व्यवसाय



बनेपा । धुलिखेल तथा बनेपाका होटलमा विस्तारै आन्तरिक पर्यटकको चहलपहल सुरुआत हुन थालेको छ । कोरोना जोखिम कम हुँदै गएपछि यहाँका होटल व्यवसायले पुरानै लयमा फर्कने प्रयास गर्दैछ । पछिल्लो समयमा आन्तरिक पर्यटक आउन थालेका तथा सरकारी तथा गैरसरकारी सङ्घ सस्थाका तालिम कार्यक्रम हुनेक्रम सुरु भएका छन् ।

बनेपा नगरपालिका–६ धुलिखेलस्थित हिमालय दृश्य रिसोर्ट पुनःसञ्चालनमा आएको छ । कोभिड–१९ का कारण सो होटल बन्द थियो ।

आन्तरिक पर्यटकको सङ्ख्या विस्तारै बढ्न थालेको होटलका व्यवस्थापक अशोक बडालले जानकारी दिए । विसं २०७७ चैत महिनादेखि सो होटल सञ्चालनमा आएको थियो । शुक्रबार र शनिबार आन्तरिक पर्यटकको आवागमन बढ्दै गएको उनले बताए ।

धुलिखेल नगरपालिका–८ भट्टेडाँडामा रहेको होटल सारथीमा पनि पछिल्लो समयमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । होटलका सञ्चालक प्रल्हाद प्याकुरेलका अनुसार कोभिडले सबैभन्दा बढी होटल व्यवसायलाई प्रभावित बनाएको बताए ।

“अहिले सङ्क्रमणदर कम हुँदै गएपछि विस्तारै चहलपहल बढ्न थालेसँगै छ ”, उनले भने, “विशेषगरी शुक्रबार र शनिबारका दिन आन्तरिक पर्यटकको चहलपहल बढ्नुका साथै सरकारी, गैरसरकारी सङ्घसंस्थाका तालिम, गोष्ठी र सेमिनार सञ्चालन गर्न थालेका छन् ।”

‘नेपाल भ्रमण वर्ष सन् २०२०’ का अवसरमा यहाँ सरकारी, गैरसरकारी र निजी क्षेत्रसँगको सहकार्यमा विविध कार्यक्रम अगाडि बढाइएको थियो । यसबीचमा कोभिड–१९ सङ्क्रमणको जोखिम देखाप-यो ।

सञ्चालक प्याकुरेलले भन्नुभयो “सरकारले पर्यटन व्यवसायलाई दिने भनेको सुहलियतपूर्ण छुटलाई कार्यान्वयन गर्न आवश्यक छ । ” धुलिखेल नगरपालिका–३ स्थित होटल मिरावेल रिसोर्टका सञ्चालक दीपक थापाले आन्तरिक पर्यटकका लागि सेवा सुविधा थप्नुका साथै शुल्कमा पहिलाको भन्दा २० देखि २५ प्रतिशतसम्म कम गरेको बताए। “होटलमा व्यापारिक, गैरसरकारी सङ्घसंस्थाको गोष्ठी , तालिमका कार्यक्रम सञ्चालन र पारिवारिक घुमघामका लागि पर्यटक आउन थालेका छन् ।”

धुलिखेलमा मात्रै साना–ठूला गरी करिब ६५–७० होटल सञ्चालनमा छन् । कोरोना भाइरस सङ्क्रमण प्रभावका कारण लामो समयसम्म बन्द रहेको होटल व्यवसाय सङ्क्रमणदर कम भएसँगै विस्तारै सञ्चालन गर्न थालेका हुन् । जिल्लामा रहेको ठूला तथा मझौला खालका होटल व्यवसाय सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकको चहलपहल पनि बढ्न थालेको छ । पछिल्लो समयमा सरकारले होटल क्षेत्रमा काम गर्ने कर्मचारीका लागि खोपको सेवा उपलब्ध गराएको थियो ।

विषेशगरी पर्यटकका लागि सेप्टेम्बर र अक्टोबर महिना घुमघाम गर्ने याम मानिन्छ । बाह्य पर्यटकको आवागमन शून्यप्रायः भए पनि आन्तरिक पर्यटकले आफ्नो गतिविधि बढाउनुले व्यवसायमा आशा जगाएको होटल सञ्चालक बताउँछन् ।

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  १२ : ३१ बजे

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज