१७ बैशाख २०८१, सोमबार | April 29, 2024

दसैंमा गाउँ जान यसरी हुँदै छ यातायातको व्यवस्थापन



काठमाडौं । हिन्दु नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ ।

दसैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्रिम टिकट बुकिङ खुलाएर व्यवस्थापन गर्ने तयारी गरिएको हो । दसैंमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा शुक्रबार व्यवसायी र सरकारी प्रतिनिधिबीच यातायात व्यवस्था विभागमा छलफल भएको छ ।

सो छलफलमा विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघबीच दसैंमा उपत्यकाबाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ १० असोजदेखि खुलाउने विषयमा सहमति भएको विभागले जनाएको छ । महासंघका अध्यक्ष डोलनाथ खनालले आफूहरू अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको बताए ।

महासंघमा करिब सयवटा कम्पनी आबद्ध छन् र एक तिहाइ बस उपत्यकाबाहिर लामो रुटमा चल्ने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग भने दसैंमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सहमति हुन बाँकी छ । त्यसका लागि पुनः छलफल गरिने भएको छ । सो महासंघसँग समेत सहमति गर्नेगरी सरकारी पक्षले आवश्यक गृहकार्य अघि बढाएको छ । कोभिड-१९ को महामारी सुरु हुनु अघि विगतका वर्षहरूमा दसैं सुरु हुनुभन्दा १५ देखि एक महिना अघि नै अग्रिम टिकट बुकिङ खुलाउने गरिँदै आएको थियो ।

गत वर्ष भने ढिला गरी अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । कोभिड सुरु हुनुपुर्वका वर्षहरूमा दसैं तिहारको अवसरमा १५ देखि २० लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका थिए । कोभिड सुरु भएपछि गत वर्ष भने दसैंका बेला ५/६ लाख व्यक्ति मात्र उपत्यकाबाट बाहिरिएका थिए । सरकारले चैत २०७६ मा देशव्यापी लकडाउन घोषणा गरेपछि सो वर्ष लकडाउन अगाडी र लकडाउनबीच अवधि गरेर करिब ६-७ लाख मानिस बाहिरिएका थिए ।

कोरोना सर्ने डर र कतिपय ठाउँमा क्वारेन्टाइनमा समेत बस्नुपर्ने नियमका कारण पनि सो वर्ष चहल पहल कम भएको थियो । गत वर्षको तुलनामा यो वर्ष काठमाडौं उपत्यका छाडेर बाहिरिने यात्रुको संख्या केही मात्रामा बढी हुने व्यवसायीहरूले अनुमान गरेका छन् । यो वर्ष सरकारले देशव्यापी रूपमा लकडाउन गरेको छैन भने पछिल्लो समय भौतिक रूपमा नै विश्वविद्यालय तथा विद्यालयमा पठनपाठन सुरु गरिएको छ ।

कोरोना संक्रमित र मृतकको संख्या पनि क्रमशः घट्दै गएको छ । दसैंको अवसरमा गत वर्षहरूमा उपत्यकाबाट बाहिर जानेका लागि कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा र लगनखेललगायतका स्थानबाट अग्रिम बुकिङ टिकट वितरण गर्ने गरिन्थ्यो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाइमा सातदोबाटो, कोटेश्वर, गौशाला, जोरपाटी, पुरानो बसपार्क, स्वयम्भू, कलंकी, नागढुंगा, र सुन्धारालगायत स्थानमा नागरिक सहायता कक्षा स्थापना गरेर यात्रुका लागि समन्वयकारी तथा सहयोगी भूमिका निभाउने गरिँदै आइएको छ । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ७ : ०९ बजे

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार

काठमाडौं । काठमाडौँमा हिजोदेखि सुरूभएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा