१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

सीमा क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री देउवा अनभिज्ञ



काठमाडौं । पछिल्लो समयमा सीमाको अवस्था के छ भन्नेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा अनभिज्ञता जनाएका छन ।

वीरगन्जबाट आएको होटेल तथा पर्यटन व्यवसायी टोलीसँगको छलफलमा उनले सीमामा सवारीसाधनको आवागमनको अवस्थाबारे अनभिज्ञता प्रकट गरेका हुन ।

कोरोना बढे अनुसार सीमामा २०७६ चैत ११ देखि यता मालवाहक सवारीसाधन प्रवेशमा रोक छ । यसबीचमा औपचारिक रूपमा सीमामा आवतजावत नखोलिए पनि दैनिक हजारौं मानिसको पैदल आवागमन भने निर्वाध छ ।

यसरी सीमानाकाबाट यात्रुवाहक सवारी प्रवेशमा रोक भएको कारण वीरगन्ज र आसपासको क्षेत्रसँगै देशकै पर्यटन व्यवसाय प्रभावित रहेको भन्दै होटेल तथा पर्यटन व्यवसायीहरू प्रधानमन्त्रीसमक्ष समस्या राख्न आइपुगेका थिए ।

यी विषयहरूको बारेमा प्रधानमन्त्रीलाई पहिलेदेखि जानकारी नभएको उनको जिज्ञासाहरूबाट देखिएको थियो ।

लगातार डेढ वर्षदेखि सीमा बन्द रहेको भन्ने कुरामा उनले चासो जनाए । भारततर्फबाट नेपाली सवारीसाधन प्रवेशमा भने अहिले प्रतिबन्ध छैन । आजको नागरिक दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ७ : ४८ बजे

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौं । विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा