१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

५ वर्षमा २ तिहाइले बढ्यो वीरगञ्ज नाकाबाट वैदेशिक व्यापार



वीरगञ्ज । आयातनिर्यात कारोबारका हिसाबले मुख्य नाका मानिएको वीरगञ्ज भन्सारबाट बितेको ५ वर्षमा वैदेशिक व्यापार २ तिहाइले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष (आव) २०७३/७४ को तुलनामा बितेको आव २०७७/७८ मा वैदेशिक व्यापार ६८ प्रतिशतले बढेको हो ।

वीरगञ्ज भन्सारबाट बितेका वर्षहरूमा व्यापारको आकार बढेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । वर्षेनि भइरहेको मूल्यवृद्धिका कारण अयातनिर्यातको मूल्य बढी देखिएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।

पछिल्ला वर्षहरूमा औसत वस्तुको मूल्य १० प्रतिशतको हाराहारीमा बढेकाले वैदेशिक व्यापारको परिमाण पनि बढी देखिएको पौडेलको भनाइ छ । बितेको आव २०७७/७८ मा वीरगञ्ज भन्सारबाट कुल ३ खर्ब १३ अर्ब २४ करोड १९ लाख रुपैयाँको मालसामान आयातनिर्यात भएको छ । यो परिमाण आव २०७३/७४ मा १ खर्ब ८५ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ बराबर थियो ।

वीरगञ्ज नाकाबाट आयातसँगै निर्यात व्यापारको परिमाण पनि बढेको तथ्यांकले देखाउँछ । ५ वर्षअघि साढे १३ अर्ब रुपैयाँ बराबरको निर्यात व्यापार भएकोमा बितेको वर्षसम्ममा यो परिमाण ४ गुणा बढेको छ । आव २०७७/७८ मा यो नाकाबाट ५२ अर्ब रुपैयाँभन्दा बढीको निर्यात व्यापार भएको तथ्यांक भन्सारसित छ ।

यो नाकाबाट मुख्य रूपमा इन्धन, सवारी साधन र औद्योगिक कच्चा पदार्थ, विद्युतीय उपकरणको बढी आयात हुन्छ । निर्याततर्फ प्रशोधित खानेतेल, जुसजाम, कपडा, जुत्तालगायत वस्तुको वर्चस्व रहेको भन्सारले बताएको छ । आजको आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ७ : ४८ बजे

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको