२१ असार २०८३, आइतबार | July 5, 2026

भारत र चीनसँग सन्तुलित सम्बन्ध बन्छ, एमसीसी र बीआरआईबारे थप अध्ययन गर्छु : परराष्ट्रमन्त्री खड्का



काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीन र भारतसँग सन्तुलित सम्बन्ध हुने बताएका छन् ।

बुधबार परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खड्काले आफ्नो कार्यकालमा दुई छिमेकीदेशसँग सन्तुलित ढंगले अघि बढ्ने बताएका हुन् । उनले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त घनिष्ठ हुने पनि बताए ।

मनत्री खड्काले परराष्ट्र नीतिमा राष्ट्रिय सहमति चाहिने बताए । उनले परराष्ट्र नीति दल विशेषको नभएर सबैको सहमतिबाट अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘अन्तर्राष्ट्रिय परिवेश जसरी अघि बढिरहेको छ, त्यसले हाम्रो देशलाई पार्न सक्ने प्रभाव र सम्बन्धहरुमा सन्तुलन कायम राख्दै हामीले जिम्मेवारी निभाउनुपर्नेछ । यो राष्ट्रिय हितको विषय भएकाले सबै दलको सहमति समेतलाई ध्यान दिएर अघि बढ्नेछु ।’

परराष्ट्रमन्त्री खड्काले एमसीसी र बीआरआई लगायतका विषयमा थप अध्ययन गर्ने बताए । उनले यी विषयमा तथ्यगत र मिथ्यागत कुराहरु आइरहेको बताउँदै नेपालको हितमा हुनेगरी सबै राष्ट्रहरुसँग सम्बन्ध अघि बढाउने बताए ।

 

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  २ : २८ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी