४ कार्तिक २०८३, बुधबार | October 21, 2026

भारत र चीनसँग सन्तुलित सम्बन्ध बन्छ, एमसीसी र बीआरआईबारे थप अध्ययन गर्छु : परराष्ट्रमन्त्री खड्का



काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीन र भारतसँग सन्तुलित सम्बन्ध हुने बताएका छन् ।

बुधबार परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खड्काले आफ्नो कार्यकालमा दुई छिमेकीदेशसँग सन्तुलित ढंगले अघि बढ्ने बताएका हुन् । उनले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त घनिष्ठ हुने पनि बताए ।

मनत्री खड्काले परराष्ट्र नीतिमा राष्ट्रिय सहमति चाहिने बताए । उनले परराष्ट्र नीति दल विशेषको नभएर सबैको सहमतिबाट अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘अन्तर्राष्ट्रिय परिवेश जसरी अघि बढिरहेको छ, त्यसले हाम्रो देशलाई पार्न सक्ने प्रभाव र सम्बन्धहरुमा सन्तुलन कायम राख्दै हामीले जिम्मेवारी निभाउनुपर्नेछ । यो राष्ट्रिय हितको विषय भएकाले सबै दलको सहमति समेतलाई ध्यान दिएर अघि बढ्नेछु ।’

परराष्ट्रमन्त्री खड्काले एमसीसी र बीआरआई लगायतका विषयमा थप अध्ययन गर्ने बताए । उनले यी विषयमा तथ्यगत र मिथ्यागत कुराहरु आइरहेको बताउँदै नेपालको हितमा हुनेगरी सबै राष्ट्रहरुसँग सम्बन्ध अघि बढाउने बताए ।

 

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  २ : २८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

पश्चिम नेपालका कम्युनिष्ट अगुवा बाबुराम गौतमको निधन

खजुरा । बाँकेका कम्युनिष्ट अगुवा तथा पूर्व प्रदेश सभा सदस्य

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)को

एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

पेरिस । फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि