२६ माघ २०८२, सोमबार | February 9, 2026

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’



काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा अनिर्णीत बनेको हो ।

गठबन्धन बैठकमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार विस्तार ढिलो हुँदा आलोचना बढेको भन्दै गठबन्धन आबद्ध दललाई मन्त्रीको सूची दिन भनेका थिए । तर, गठबन्धन आबद्धमध्येकै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अदालतमा दल विभाजनसम्बन्धी मुद्दा रहेकाले टुंगो लागेपछि मात्रै नाम दिने बताएका हुन् ।

यस्तै गठबन्धन आबद्ध अर्को घटक जनता समाजवादी पार्टीले भने राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रीको नाम नदिने अडान लिएको हो ।

‘बैठकमा प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षले सरकार विस्तार गर्न ढिला भएको भन्दै गठबन्धन आबद्ध दलसँग मन्त्रीको सूची माग्नुभयो तर माधवजी र उपेन्द्रजीहरूको विचार अलि फरक आयो, माधवजीको भनाइ अदालतको मुद्दा टुंगिएपछि गरौं भन्ने छ, उपेन्द्रजीलाई दल विभाजन अध्यादेशको डर छ,’ बैठकमा सहभागी गठबन्धन आबद्ध दलका एक नेताले भने । देउवा प्रधानमन्त्री बनेको बुधबार ७२ दिन पूरा भएको छ ।

बुधबार नै देउवाले परराष्ट्रमन्त्रीमा आफ्नै दलबाट नेता डा। नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका थिए । खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि देउवालाई आफ्नै दलबाटसमेत मन्त्रिपरिषद् विस्तार गर्न दबाब बढेको छ ।

बुधबार खड्का मन्त्री नियुक्त भएसँगै बसेको कांग्रेसभित्रको संस्थापनइतर समूहको बैठकमा देउवाले मन्त्री नियुक्त गर्दा एकलौटी गरेको भन्दै आलोचना भएको थियो । ‘मन्त्रीजति सबै आफैं मात्रै राख्ने, विस्तार नगर्ने, कसलाई कति दिने हो निर्णय नगर्ने, यो एकलौटी भयो,’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ।

बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले भने बिहीबार नै मन्त्रिपरिषद् विस्तार हुने भन्दै ब्रिफिङ गरेका थिए । सरकारलाई सहजीकरण गर्न भन्दै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बनाइएको कार्यदलले भने मन्त्रालय भागबन्डामा सहमतिको गृहकार्य गरिरहेको छ । स्रोतका अनुसार सो कार्यदलले कांग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ मन्त्री र एक राज्यमन्त्री, नेकपा एसलाई पाँच मन्त्री र एक राज्यमन्त्री, जसपालाई चार मन्त्री र एक राज्यमन्त्री दिने गरी सहमतिको प्रयास गरिरहेको हो ।

कार्यदलका संयोजक रहेका नेता खड्काले भने बुधबारको गठबन्धन बैठकमा संसद् सञ्चालन, संसदमा रहेका अध्यादेश पारित गर्ने विषय लगायतमा छलफल भएको जानकारी दिए ।

बुधबार बसेको गठबन्धन आबद्ध दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेस महामन्त्री खड्का, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, जनता समाजवादीका अध्यक्ष यादव, डा.बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको सहभागिता थियो । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ६ : ४५ बजे

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर

पूर्वाधार निर्माणमा प्रणालीगत समस्या मुख्य दोषी : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको