२९ भदौ २०८३, सोमबार | September 14, 2026

द ब्रिटिस कलेजले नमस्ते एकेडेमी रुपन्देहीको व्यवस्थापन हेर्न थाल्यो



काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमी, रुपन्देहीको व्यवस्थापन हेर्न थालेको छ ।

प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था ब्रिटिस कलेजले आधिकारिक रुपमा नमस्तेको व्यवस्थापन हेर्न थालेको हो ।

टीबीसीको व्यवस्थापनामा आएसँगै नमस्ते एकेडेमीलाई पश्चिम नेपालको अग्रणी शैक्षिक संस्थामध्यको एक बनाउनको लागि केही प्रमुख परिवर्तनहरुको थालनी भएका छन् । विश्व स्तरिय शिक्षा प्रदान गर्नको लागि नमस्तेमा व्यवस्थापनसँगै अत्याधुनिक पूर्वाधारहरुमा पनि परिवर्तन थालिएको हो ।

लामो समयदेखि ब्रिटिस कलेजको सल्लाहकार समितिमा रहेका पाउल क्ल्भ्सि एमबीईलाई नमस्तेको विद्यालय व्यवस्थापन समितिको उपाध्यक्षको जिम्मेवारी दिइएको छ । शैक्षिक क्षेत्रमा निकै उपलब्धि हाँसिल गरेका क्ल्भिससँग बेलायतका प्रतिष्ठित विश्वविद्यालयहरुमा काम गरेको अनुभव रहेको छ । उनले काम गरेको शैक्षिक संस्थाहरुमा उत्कृष्टमध्येको एक बेलायतको इटन कलेज रहेको छ । साथै, उनको सर्वाधिक विक्री भएको पुस्तक विश्वका बिभिन्न विश्वविद्यालयहरुमा पढाइँदै आएको छ ।

त्यस्तै, विद्यालयको एक्जिक्युटिभ प्रिन्सिपलमा मार्क बार्थोलोमेउलाई नियुक्त गरिएको छ । शैक्षिक व्यवस्थापनमा दख्खल बार्थोलोमउ बेलायती नागरिक हुन् । बेलायतमा धेरै शैक्षिक परियोजनाहरुको नेतृत्व गरेका उनीसँग ब्रिटिस काउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्ब्रिजमा काम गरेको ३० वर्षको अनुभव छ ।

बार्थोलोमेउले यसै शैक्षिक सत्रमा नमस्तेलाई प्रदेशको अंग्रेजी भाषाको उत्कृष्ट शैक्षिक संस्थाक बनाउने उदेश्य लिएको बताएका छन् । ‘हाम्रो उद्देश्य भनेको नेपाली समुदायमा शैक्षिक स्तर वृद्धि गर्नु हो । साथै, यसै शैक्षिक सत्रमा हामीले नमस्तेलाई प्रदेशको अंग्रेजी भाषाको पढाई हुने एक उत्कृष्ट शिक्षा प्रदायक बनाउने योजनामा छौंं’, बार्थोलोमेउले भने ।

ब्रिटिस एजुकेशन ग्रुपले नेपालमा ब्रिटिस कलेज तथा मदरल्याण्ड स्कुल तथा दुबई र बेलायतमा पनि शैक्षिक संस्थाहरु संचालनमा ल्याएको छ ।

साथै, यस समूहले शिक्षा क्षेत्रमा थप विस्तार गर्ने योजना अगाडि सारेर अघि बढिरहेको छ । यसै समूहका सदस्य अरुण कँडेल विद्यालय विभागका प्रमुख रहेका छन् । शैक्षिक क्षेत्रमा करिब १५ वर्षको अनुभव हाँसिल गरेका कँडेलले नमस्तेसहित अन्य विद्यालयहरुको शैक्षिक सुधारमा प्रमुख भूमिका निर्वाह गर्नेछन् ।

व्यवस्थापन थालेसँगै नमस्ते एकेडेमी ब्रिटिस एजुकेशन ग्रुपको एक हिस्सा बनेको छ । ब्रिटिस एजुकेशन ग्रुपका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलले थप अनुभवी व्यक्तिहरु नमस्तेमा आबद्ध भएकोले यसको गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

‘नमस्तेलाई अझै अगाडि बढाउन र नेपालमा उच्च गुणस्तरिय शिक्षा प्रदान गर्नको लागि लामो समय शैक्षिक क्षेत्रमा काम गरेका व्यक्तिहरु जोडिएका छन् । मलाई विश्वास छ हाम्रो टिमले नमस्तेलाई थप उचाईमा पुर्याउनेछन् ।’ कँडेलका अनुसार यो समूहले यस वर्ष पनि शैक्षिक क्षेत्रमा लगानी थप्नेछ ।

कँडेल बेलायतको उत्कृष्टमध्येको एक शैक्षिक संस्था ‘न्यूस्टेड वुड स्कूल’को अभिभावक संघको अध्यक्षमा हालसालै नियुक्त भएका छन् । उनीसन् १९५४ देखि संचालनमा आएको बेलायतको साउथ इस्ट लण्डनस्थित न्यूस्टेड वुड स्कुलको अध्यक्षमा नियुक्त भएका हुन् ।

 

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ३ : ५२ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ