१ पुस २०८२, मंगलबार | December 16, 2025

खासामै रोकिए दशैँका सामान



सिन्धुपाल्चोक । दशैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् ।

खासा क्षेत्रमा एक हजारभन्दा बढी मालबाहक कन्टेनर लामबद्ध छन् । चिनियाँ पक्षले बिनाकारण उक्त कन्टेनर रोकेर दुःख दिएको नेपाली व्यापारीले जनाएका छन् । चिनियाँ पक्षले खटाइ-खटाई कन्टेनर नेपाल पठाउने भएपछि चिनियाँ भूमिमा नै सामान बोकेका कन्टेनर रोकिएका छन् ।

दशैँका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । सीमित कन्टेनर नेपालतर्फ आउँदा सबै कन्टेनर नेपाल भित्रिन महिनौँ लाग्ने अध्यक्ष श्रेष्ठले गुनासो गरे ।

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले चीनबाट दैनिक दर्जनभन्दा कम सङ्ख्या कन्टेनर भित्रिने गरेको बताए । भूकम्पपछि चार वर्ष बन्द तातोपानी नाका हालसम्म पनि पूर्ण रूपमा सञ्चालनमा नआएकाले सामान आयातमा समस्या हुँदै आएको उनले बताए ।

तिब्बतको ल्हासास्थित महावाणिज्यदूत नवराज ढकालले चिनियाँ वाणिज्य भन्सार तथा बन्दरगाह प्राधिकरणका अधिकारीसँग भएको छलफलमा खासा क्षेत्रमा रोकिएका मालवाहक कन्टेनर दैनिक २० वटाभन्दा बढी छोडिदिने वचन प्राप्त भएको जानकारी दिए ।

नेपाली व्यापारी सुवास तिमल्सिनाले तातोपानी नाका र केरुङ नाकाबाट सहजै सामान ल्याउने वातावरण तयार गरिदिन सरकारसँग आग्रह गरे । आजको गोरखापत्र दैनिकमा चित्र मिजारले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : २८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज