२६ माघ २०८२, सोमबार | February 9, 2026

दशैँका लागि रुट इजाजत खुला



काठमाडौं । सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ ।

चाडपर्वलाई लक्षित गरी दशैँको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर्न पाउने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

सङ्घीय संसद्अन्तर्गतको विकास तथा प्रविधिको सिंहदरबारस्थित समितिको कार्यकक्षमा आइतबार बसेको बैठकमा महानिर्देशक घिमिरेले सो जानकारी गराएका थिए । उनले भने, “नेपालीहरूको महान् चाडपर्वको अवसरमा काठमाडौं बाहिर जाने र आउने यात्रुको आवागमनलाई सहज र व्यवस्थित बनाउन रुट इजाजत खुला गरिएको हो ।” यस अवधिमा मुलुकको जुनसुकै ‘रुट’ मा पनि सार्वजनिक सवारीसाधन चलाउन पाइने उनले स्पष्ट पारे ।

बैठकमा महानिर्देशक घिमिरेले यस अवधिमा मुलुकको जुनसुकै स्थानसम्म बिनारुट परमिट बस सञ्चालन गर्न पाइने बताए । त्यसैगरी, उनले बसको छतमा यात्रु तथा पशुपन्छी राख्न नपाइने, सवारीसाधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रूपमा टाँस गर्नुपर्ने व्यवस्था गरेको गरिएको जानकारी गराए । चाडपर्वको अवधिमा भाडादर अनुगमनका लागि सादा पोसाकका प्रहरी यात्रुका रूपमा परिचालन गरिने जानकारी दिए ।

त्यसैगरी, यातायात व्यवस्था विभागले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म ‘मल्टी एक्सल ट्याक्टर ट्रेलर’ काठमाडौं भित्रिनमा रोक लगाइएको विभागका प्रवक्ता डा.लोकनाथ भुसालले जानकारी दिए । उनले भने, “सो अवधिमा खाद्यानलगायतका अत्यावश्यक वस्तु ढुवानी गर्ने ठूला सवारीसाधनको सञ्चालनमा नारायणगढदेखि नै रोक लगाइएको हो ।”

आजदेखि टिकट खुला

बडादशैँलगायतको चाडपर्वका लागि काठमाडौंबाट बाहिरका यात्रुका लागि सोमबारदेखि अग्रिम ‘टिकट बुकिङ’ खुला गरिएको प्रवक्ता डा.भुसालले जानकारी दिए । उनले कोभिड-१९ को महामारीको समयमा सकेसम सम्बन्धित बसको टिकट काउन्टरमा नगई अनलाइनबाट टिकट बुकिङ गर्न मिल्ने व्यवस्था गरिएको जानकारी दिए ।

उनले सोमबारदेखि अनलाइन टिकेटिङ र मोबाइल एप्लिकेसनको माध्यमबाट टिकट खरिद गरी ढुक्क हुन सबैसँग आग्रह गरे । आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : ०१ बजे

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी

बुटवलका प्रमुख–उपप्रमुख झाडु बोकेर सडक सरसफाईमा

बुटवल । बुटवल उपमहानगरपालिकाको ६७औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी सरसफाइ

सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा

सिरहा । सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र