१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

माओवादी स्थायी समिति बैठक : पार्टी संगठन व्यवस्थित बनाउने विषयमा छलफल



काठमाडौं । नेकपा (माओवादी) केन्द्रले पार्टी संगठनलाई व्यवस्थित बनाउने सम्बन्धमा छलफल गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीको संगठनलाई व्यवस्थित बनाउने सन्दर्भमा संगठन विभागले सुझाव र योजनाहरु पेश गरेको र ति योजनाहरुलाई स्थायी कमिटी बैठकले स्वीकार गरेको स्थायी कमिटी सदस्य देव गुरुङले बताए ।

त्यस्तै बैठकमा विगतमा विभिन्न समयमा भएको पार्टी एकिकरणमा आएका नेता, कार्यकर्ताहरु संगठित हुन छुटेको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न बनाएको कार्यदलले प्रतिवेदन पेश गरेको पनि उनले जानकारी दिए । कार्यदलले बुझाएको सुझावलाई ध्यान दिएर त्यही अनुसार सांगठनिक प्रक्रियामा लैजानका लागि अगाडी बढ्ने उनले बताए । त्यस्तै बैठकमा पार्टी स्कूल विभागले पनि पार्टी स्कूल विभागलाई कसरी लैजाने भन्ने योजना प्रस्तुत गरेको थियो । यसलाई थप अध्ययन गरेर व्यवस्थित रुपमा टुंगो लगाउने कुरा भएको पनि उनको भनाई छ ।

स्थायी कमिटी सदस्य गुरुङले सरकार गठनका लागि भएको कानूनी जटिलता अन्त्य हुने प्रक्रियामा रहेको उल्लेख गर्दै कानूनी जटिलता अन्त्य भइसकेपछि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद्बारे नीतिगत निर्णय गर्ने र मन्त्रीहरुको टुंगो लगाइने बताए ।

बैठकमा मन्त्रिपरिषद् विस्तारको विषय एजेण्डाको रुपमा नरहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : ३७ बजे

नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं । नेप्से परिसूचक २५.९३ अंकले बढेको छ । मंगलबार

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी

कर्णालीको सरकार बिस्तार, को को बने मन्त्री ?

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार बिस्तार गरेका छन्

काठमाडौंमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

काठमाडौं । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत