३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

बन्चरेमा फोहोर विसर्जन अनिश्चित, महानगर र विभागबीच बढ्यो असमझदारी



काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा सर्तसहित फोहोर विसर्जन नगर्ने भएपछि राजधानीको फोहोर व्यवस्थापन अनिश्चित बनेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागले काठमाडौं महानगरपालिकालाई विभिन्न सर्त राखी फोहोर विसर्जन गर्न पत्र पठाएपछि प्रतिउत्तरमा महानगरले यही अवस्थामा फोहोर विसर्जन गर्न नसकिने प्रस्ट पारेको छ ।

महानगरले ‘सरकारले अति गर्यो’ भन्दै तत्काल फोहोर विसर्जन नगर्ने भएको हो । शहरी विकास तथा भवन निर्माण विभागले महानगरले आधिकारिक निर्णय गरी वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्नुपर्ने र त्यसको दैनिक अनुगमन गरी गुणस्तरीय ढंगले फोहोर विसर्जन गर्नुपर्ने उल्लेख गरेपछि आक्रोशित महानगरले विभागको आदेश नमान्ने भएको हो ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले सहयोगी निकायलाई ससर्त फोहोर विसर्जन गर्न आग्रह गर्नु गलत भएको टिप्पणी गर्दै अहिलेकै पत्रका आधारमा फोहोर व्यवस्थापन गर्न नसकिने स्पष्ट पारे। उनले भने– ‘हामीले शहरी विकास विभागको आदेश मानेर फोहोर विसर्जन गर्नुपर्ने र यो त संघीय राजधानी र त्यससँंग जोडिएका स्थानीय निकायको समेत काम हो । तर हामीले मात्र ससर्त फोहोर व्यवस्थापन गर्न सक्दैनौं ।’

फोहोरमैला व्यस्थापन गर्न स्थान अभावलगायतको समस्या उत्पन्न भएको सन्दर्भमा कामपासहितको उपस्थितिमा शहरी विकास मन्त्रालयको सचिवको अध्यक्षतामा भएको बैठकले फोहोर विसर्जन गर्ने निर्णय गरेको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ७ : ४६ बजे

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा