२४ भदौ २०८३, बुधबार | September 9, 2026

मेसिन नहुँदा विदेश जान बाध्य



काठमाडौं । नेपालमा पेटको सिटिस्क्यान सुविधा नभएका कारण क्यान्सरका बिरामी विदेश गएर महँगोमा पेट स्क्यान गराउन बाध्य हुने गरेका छन् ।

न्युक्लियर मेडिसिनअन्तर्गत पेट सिटिस्क्यान मेसिनबाट क्यान्सर रोगको पहिचान गर्न सकिन्छ । क्यान्सर निको भइसकेका व्यक्तिले पनि फलोअपका क्रममा पेट सिटिस्क्यान गर्नुपर्ने हुन्छ । नेपालमा सरकारी तथा नीजि क्षेत्रमा उक्त सुविधा नहुँदा अचेल बिरामी भारत, थाइल्यान्डलगायतका मुलुकमा गएर पेट सिटिस्क्यान गर्न बाध्य हुने गरेका छन् ।

चार वर्षअघि क्यान्सर भएपछि मकवानपुर पालुङका जगन्नाथ ढकाल क्यान्सरको उपचार गराउन दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल गए । भारतमा ५० लाख रुपियाँ खर्चेर क्यान्सर उपचार गराएका ढकालले नियमित फलोअपका लागि पेट सिटिस्क्यान गर्नुपर्ने भयो । लकडाउनले गर्दा ढिलाइ भइरहेकोमा एक महिनाअघि नेपालमा पेट स्क्यानको सुविधा नभएपछि भारत गएर पेट स्क्यान गर्दा थप लाखौँ रुपियाँ खर्च गरे।

यदि नेपालमा पेट स्क्यान भएको भए सस्तोमा पेट स्क्यान गर्न सकिने उनको भनाइ छ । उनले राजीव गान्धी क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गराउने ७० प्रतिशत नेपाली भएको बताए । ढकालमात्र होइन, पेटको सिटिस्क्यानका लागि विदेश जाने हजारौँ नेपाली रहेको उनको भनाइ छ ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले नेपालमा केही समयका लागि पेट स्क्यान सेवा भएपछि त्यसले निरन्तरता पाउन नसकेको बताए । उनले पहिले जेड एयरवेजबाट पेट सिटिस्क्यानका लागि आवश्यक औषधि ल्याइने गरेकोमा उक्त एयरवेज बन्द भएपछि नेपालमा पेट स्क्यान हुन नसकेको बताए । पछि कोरोना भाइरसका कारण सम्पूर्ण एयरलाइन्स बन्द हुँदा नेपालमा पेट सिटिस्क्यान हुन सकेको छैन । आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ७ : ०२ बजे

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै