२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

सानदार जितसँगै जर्मनी विश्वकप फुटबलका छनोट



काठमाडौं । जर्मनीले फिफा विश्वकप तथा युरोपेली छनोटमा म्यासेडोनियाविरूद्ध सानदार जित दर्ता गरेको छ । सोमबार राति जर्मनीले घरेलु टोली नर्थ म्यासेडोनियालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीको फराकिलो जितमा टिमो वेर्नरले दुई गोल गर्दा काई हाभर्टज र जमल मुसियालाले समान एक गोल गरे । खेलको ५० औं मिनेटमा काई हाभर्टजको गोलबाट जर्मनीले अग्रता लिएको हो । ७०औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि नै वेर्नरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

८३ औं मिनेटमा जमन मुसियालाले गोल गर्दै जर्मनीलाई ४-० को फराकिलो जित दिलाए । जितसँगै समूह ‘जे’ मा जर्मनी ८ खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा यथावत छ । पराजित म्यासेडोनिया १२ अंक जोडेर तेस्रो स्थानमा छ ।

योसँगै जर्मनी फिफा विश्वकप कतार २०२२ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ । जर्मनीले अब अर्मेनिया र लिचेस्टाइनसँग खेल्न बाँकी छ । यि दुवै खेलमा आर बेहोरेपनि जर्मनीलाई दोस्रोमा रहेको टोलीले भेट्न सक्ने छैन ।

यही समूहको अर्को खेलमा आइसल्यान्डले लिचेस्टाइनलाई ४-० को भारी अन्तरले पराजित गरेको छ । यस्तै रोमानियाले अर्मेनियालाई १-० ले पराजित गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ८ : ०७ बजे

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

“सपना हो कि विपना हो यो, के हो जिन्दगी ?