२४ मंसिर २०८२, बुधबार | December 11, 2025

सानदार जितसँगै जर्मनी विश्वकप फुटबलका छनोट



काठमाडौं । जर्मनीले फिफा विश्वकप तथा युरोपेली छनोटमा म्यासेडोनियाविरूद्ध सानदार जित दर्ता गरेको छ । सोमबार राति जर्मनीले घरेलु टोली नर्थ म्यासेडोनियालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीको फराकिलो जितमा टिमो वेर्नरले दुई गोल गर्दा काई हाभर्टज र जमल मुसियालाले समान एक गोल गरे । खेलको ५० औं मिनेटमा काई हाभर्टजको गोलबाट जर्मनीले अग्रता लिएको हो । ७०औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि नै वेर्नरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

८३ औं मिनेटमा जमन मुसियालाले गोल गर्दै जर्मनीलाई ४-० को फराकिलो जित दिलाए । जितसँगै समूह ‘जे’ मा जर्मनी ८ खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा यथावत छ । पराजित म्यासेडोनिया १२ अंक जोडेर तेस्रो स्थानमा छ ।

योसँगै जर्मनी फिफा विश्वकप कतार २०२२ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ । जर्मनीले अब अर्मेनिया र लिचेस्टाइनसँग खेल्न बाँकी छ । यि दुवै खेलमा आर बेहोरेपनि जर्मनीलाई दोस्रोमा रहेको टोलीले भेट्न सक्ने छैन ।

यही समूहको अर्को खेलमा आइसल्यान्डले लिचेस्टाइनलाई ४-० को भारी अन्तरले पराजित गरेको छ । यस्तै रोमानियाले अर्मेनियालाई १-० ले पराजित गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ८ : ०७ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल