१५ चैत्र २०८२, आइतबार | March 29, 2026

‘लाङ्टाङ र गोसाइँकुण्डको रोञ्चकारी पदयात्रा – निस्कने होइन ?’



रसुवा । कोभिड–१९ का कारण लामो समयदेखि सुनसान जिल्लाको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कोभिड सङ्क्रमणदर न्यून र वर्षाको प्रभाव हट्दै गएकाले हिमाली प्रकृति छटा अवलोकनका लागि पर्यटक आकर्षित हुन थालेका हुन् ।

लामो समयदेखि सुनसान नेपालको तेस्रो पर्यटकीय क्षेत्र लाङ्टाङ एवं पवित्र तीर्थ गोसाइँकुण्ड जाने पदयात्रीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको यहाँस्थित होटल व्यवसाय सङ्घले जनाएको छ । सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलका अनुसार घटस्थापनादेखि आन्तरिक पर्यटकको आगमन सुरू भएको हो ।

गजुरेलले हिमाली प्रकृति छटा अवलोकन गर्न करिब एक हजार पदयात्री लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रका भ्रमणमा रहेका र आगमनको क्रम बढ्दै गएको जानकारी दिए । पर्यटकको आगमन हुन थालेपश्चात भोजनका लागि उक्त पदमार्गका पर्यटन व्यवसायीले खच्चडद्वारा खाद्यान्न ढुवानी गर्ने काम धमाधम अगाडि बढाएका छन् ।

पर्यटकको आगमनसँगै बन्द रहेका होटल तथा लज धमाधम खुल्न थालेका छन् । गोसाइँकुण्ड क्षेत्रमा १७ र लाङ्टाङ क्षेत्रमा ५० भन्दा बढी होटल तथा लज रहेकाले पैदलमार्गमा खान–बस्न कुनै समस्या नपर्ने व्यवसायीहरूले स्पस्ट पारेका छन् । दिनप्रतिदिन मौसमको सुधारबाट अग्ला सेता हिमाल देखिन थालेको, पदमार्गमा हिँड्दा जुकाले टोक्ने, भिरबाट ढुङ्गा लड्ने, चिप्लनेजस्ता समस्या हटिसकेकाले अबको पदयात्रा रोञ्चकारी हुने पदयात्रीले अनुभव लिएका छन् ।

पदयात्राका क्रममा अवलोकनका लागि लाङ्टाङको क्याङ्जेनस्थित मानव बस्ती नजिक रहेको हिमनदी, अग्ला हिमाल, मिश्रण वनस्पति, वन्यजन्तु रहेका छन् । यसैगरी गोसाइँकुण्डतर्फ भने देवताका पनि देव महादेव भगवान् शङ्कर गोसाइँकुण्ड शिवजी बिराजमान रहनुभएको पवित्र कुण्डमा स्नान र पूजाआजा गर्दा आफ्ना मनेकांक्षा पूरा हुने धार्मिक मान्यता रहिआएको छ ।

पदयात्रीलाई नजिकजस्तै देखिन सकिने हिमाल, उकाली, ओराली भञ्ज्याङ चौतारी, वन, वनस्पति, वन्यजन्तुजस्ता सम्पदाले मनमोहक बनाउने गरेको छ । कोरोनाकै कारण बन्द रहेको पर्यटकीय पदमार्ग चलायमान हुन थालेसँगै आफूहरु उत्साहित हुन थालेको होटल व्यवसायीले जनाएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ९ : २२ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक