२० बैशाख २०८१, बिहिबार | May 2, 2024

विश्वकप फुटबल छनोट : जापानले अष्ट्रेलियालाई हरायो



काठमाडौं । कतारमा हुने फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो चरणको छनोटमा जापानले अष्ट्रेलियालाई पराजित गरेको छ । मंगलबार भएको खेलमा जापानले अष्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको सुरुवाती आठौं मिनेटमा आओ तानकाको गोलमा जापालने अग्रता लिएको थियो । दोस्रो हाफको ७० औं मिनेटमा अष्ट्रेलियाले बराबरी गोल फर्कायो । एज्दिन हर्स्तितचले फ्रिकिकमा गोल गर्दै खेल बराबरीमा ल्याए पनि खेलको अन्तिमतीर गनेल गर्दै जापान विजयी बनेको हो । असानोको प्रहार पोस्टमा लागेर फर्केपछि अष्ट्रेलियाका अजिज बेहिचलाई लाग्दै आत्मघाती गोल भएको थियो ।

जितसँगै जापानको छनोट हुने सम्भावना बढेएको छ । ४ खेल खेलेको जापानको २ जित र २ हारसँगै मात्र ६ अंक छ । पहिलो खेलमा ओमानसँग १-० ले स्तब्ध जापानले दोस्रो खेलमा चीनलाई १-० ले हराएको थियो। गत साता साउदी अरेबियासँग १-० ले पराजित भएपछि जापान समस्यामा परेको थियो ।

यस्तै समूह बीमा रहेको अष्ट्रेलिया ४ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा छ। साउदी अरेबियाको ३ खेलमा ९ अंक छ । जापान ६ अंकसहित तेस्रो स्थानमा छ । ३ खेलमा ३ अंक जोडेका ओमान र चीनले जापानलाई पछ्याइरहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ७ : ०५ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य