१७ बैशाख २०८१, सोमबार | April 29, 2024

दशैँ तिहारको अवसरमा च्यास्मीटारमा भलिबल प्रतियोगिता



खोटाङ । दशैँ तथा तिहारको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा टोलस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

नेपाली कांग्रेसका युवा नेता एवं सर्वज्ञ रियल स्टेटका सीईओ उपेन्द्र घिमिरेको प्रायोजनमा कांग्रेस हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटार वडा कार्यसमितिले भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

च्यास्मीटार माविको प्रांगणमा २५-२७ असोजसम्म आयोजना गरिएको टोलस्तरीय पुरुष भलिबल प्रतियोगितामा च्यास्मीटार हुन्डाखा ९बी० प्रथम, सार्पा दोस्रो, तल्लो छोर्दिपा तेस्रो र बाङमा ९ए० शान्त्वना भएको आयोजक कांग्रेस हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटार वडा कार्यसमितिका सभापति महेश अधिकारीले बताए ।

विजेता समूहलाई क्रमशः १५ हजार १५, १३ हजार १३, १० हजार १० र ५ हजार ५ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाण-पत्र प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि गैरा जोरसिमलका ज्योती राई, बेष्ट स्पाइकरको उपाधि हुन्डाखाका दिनेश राउत र बेष्ट लिफ्टरको उपाधि सार्पाका जापान राईले जितेका छन् । प्रोत्साहित खेलाडीको उपाधि हुन्डाखाका केदार अधिकारीलाई प्रदान गरिएको आयोजकले जनाएको छ । उनीहरुलाई मेडलका साथमा प्रमाण-पत्र प्रदान गरिएको छ ।

विजेता टिम तथा खेलाडीलाई सर्वज्ञ रियल स्टेटका सिईओ घिमिरे, घिमिरे पत्नी रुकमणी मगर घिमिरे, कांग्रेस वडा कार्यसमितिका सभापति अधिकारी, अध्यापक एवं शिक्षासेवी शैलेसकिरण चाम्लिङलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतियोगितामा वडाका १८ टिमको सहभागिता रहेको थियो ।

कार्यक्रममा कांग्रेस युवा नेता घिमिरेले साविक ९ वडालाई एकरएक थान भलिबल प्रदान गरेका छन् । च्यास्मीटारमा दशैँ तथा तिहारको अवशरमा हरेक वर्ष भलिबल प्रतियोगीता सञ्चालन गर्ने गरिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ८ : २७ बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको