३ आश्विन २०८३, शनिबार | September 19, 2026

दशैँ तिहारको अवसरमा च्यास्मीटारमा भलिबल प्रतियोगिता



खोटाङ । दशैँ तथा तिहारको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा टोलस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

नेपाली कांग्रेसका युवा नेता एवं सर्वज्ञ रियल स्टेटका सीईओ उपेन्द्र घिमिरेको प्रायोजनमा कांग्रेस हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटार वडा कार्यसमितिले भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

च्यास्मीटार माविको प्रांगणमा २५-२७ असोजसम्म आयोजना गरिएको टोलस्तरीय पुरुष भलिबल प्रतियोगितामा च्यास्मीटार हुन्डाखा ९बी० प्रथम, सार्पा दोस्रो, तल्लो छोर्दिपा तेस्रो र बाङमा ९ए० शान्त्वना भएको आयोजक कांग्रेस हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटार वडा कार्यसमितिका सभापति महेश अधिकारीले बताए ।

विजेता समूहलाई क्रमशः १५ हजार १५, १३ हजार १३, १० हजार १० र ५ हजार ५ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाण-पत्र प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि गैरा जोरसिमलका ज्योती राई, बेष्ट स्पाइकरको उपाधि हुन्डाखाका दिनेश राउत र बेष्ट लिफ्टरको उपाधि सार्पाका जापान राईले जितेका छन् । प्रोत्साहित खेलाडीको उपाधि हुन्डाखाका केदार अधिकारीलाई प्रदान गरिएको आयोजकले जनाएको छ । उनीहरुलाई मेडलका साथमा प्रमाण-पत्र प्रदान गरिएको छ ।

विजेता टिम तथा खेलाडीलाई सर्वज्ञ रियल स्टेटका सिईओ घिमिरे, घिमिरे पत्नी रुकमणी मगर घिमिरे, कांग्रेस वडा कार्यसमितिका सभापति अधिकारी, अध्यापक एवं शिक्षासेवी शैलेसकिरण चाम्लिङलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतियोगितामा वडाका १८ टिमको सहभागिता रहेको थियो ।

कार्यक्रममा कांग्रेस युवा नेता घिमिरेले साविक ९ वडालाई एकरएक थान भलिबल प्रदान गरेका छन् । च्यास्मीटारमा दशैँ तथा तिहारको अवशरमा हरेक वर्ष भलिबल प्रतियोगीता सञ्चालन गर्ने गरिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ८ : २७ बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज