२८ भदौ २०८३, आइतबार | September 13, 2026

एलपीजी ग्याँस लिएर नेपाल भित्रने ट्याङकर फर्कँदा गाँजा बोकेर फर्कने गरेको खुलासा



वीरगञ्ज । वीरगञ्जमा नेपाल आउँदा एलपी ग्याँस बोकेर आउने र फर्केर जाँदा गाँजा बोकेर जाने गरेको रहश्य फेला परेको छ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका(२५ आइसिपि गेट नजिक रोकी राखेको भारतीय एनएल ०१ के ०७५४ नम्बरको ग्याँस बोक्ने ट्याङकरबाट करिब १ सय २० केजी नेपालमा अवैध मानिएको गाँजा फेला परेपछि गाँस बोक्ने ट्याङकर गाँजा बोकेर जाने गरेको रहश्य खुलेको हो । पर्सा प्रहरीले बुधबार दिउँसो ट्याङकरबाट गाँजा बरामद गरेको थियो ।

ट्याङकरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ट्याङकरबाट गाँजा बरामद गरेको थियो ।

प्रहरीले छापा मार्ने विषयमा गाँजाका तस्करीले पहिले नै थाहा पाएर ट्याङकर छाडेर भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ट्याङकरको चेकजाँच गर्दा चालक समेत फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले फरार रहेका ट्याङ्कर चालकको खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  २ : ४५ बजे

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत