१० श्रावण २०८३, आइतबार | July 27, 2026

लेकाली समुदायलाई न दशैँ न त तिहार



फुङ्लिङ । विजयादशमी दशैँको मुख्य दिन हो । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न दशैँ आउँछ न त तिहार नै ।

त्यही लेकाली समुदायका एक हुन् ६५ वर्षीय योन्जेन शेर्पा । फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका उनी याक-चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो । समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइको मौवटारमा उनको गोठ छ । छोराछोरीलाई अंशका रुपमा चौँरी बाँडेर पनि उनीसँग अहिले ३० वटा छ। दशवटा दुहुना छन् । बिहान उठ्नेबित्तिकै एक गिलास दूध चिया लिएपछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ ।

तिनलाई चरन क्षेत्रमा पुर्‍याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्पी बनाउँदासम्ममा घाम क्षितिजपारि पुगिसक्छ । साँझ परेपछि छरिएका चौँरी र याकलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म जुन उदाइसक्छ । यसैगरी लेकाली बस्तीका समुदायको दिन बित्छ ।

उनीहरूको मुख्य पुर्ख्यौली पेसा चौँरी-याकपालन नै हो । वर्ष दिनमा आउने दसैँ तिहारजस्ता पर्वबारे आफूहरूलाई थाहै नहुने भएकाले चासो नभएको फक्ताङलुङ गाउँपालिकाका हेम्वे शेर्पाले बताए । चौँरी याकसँग हिमाल डुल्दाडुल्दै कतिखेर दशैँ आउँछ कति खेर तिहार आउँछ थाहा नै नहुने गरेको अर्का स्थानीयवासी तेन्जिङ शेर्पाले बताए । मौवटारमा चार, सिंजेको पोखोरी क्षेत्रमा तीन र याङमा क्षेत्रमा नौवटा याकको घुम्ती गोठ छ । मिक्वाखोला गाउँपालिका-५ तोक्पेगोला क्षेत्रमा ३५ घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिका-५ वडाध्यक्ष डण्डु लामाले बताए ।

ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छ । हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुने भएकाले दशैँको खासै महत्व नहुने फक्ताङलुङ-७ का चुङदाक शेर्पाले बताए । सहर बजारमा दशैँको उत्साह छाए पनि हिमाली बस्तीमा दशैँ तिहारको न उत्साह न त उमङ्ग नै दैनिक चौँरी याक चराउँदैमा उनीहरूको दिन बित्ने गर्छ । रासस

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ८ : २२ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले