२४ मंसिर २०८२, बुधबार | December 11, 2025

साफ च्याम्पियनसिप हेर्न माल्दिभ्सको राष्ट्रपति कार्यालयले दियो नेपालीहरुलाई छुट्टी



माल्दिभ्स । माल्दिभ्सको राष्ट्रपति कार्यालयमा कार्यरत नेपालीहरुले आज हुने नेपाल र भारतबीचको साफ च्याम्पियनसिप फुटवल हेर्न पाउने भएका छन् । माल्दिभ्सको राष्ट्रपति कार्यालयले आफ्नो कार्यालयमा कार्यरत नेपालीहरूलाई साफ च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न हुने भारतविरूद्ध फाइनल खेल हेर्न छुट्टि दिएको हो। राजधानी मालेमा रहेको राष्ट्रपति कार्यालयमा २५ जनाको हाराहारीमा नेपालीहरू कार्यारत रहेको बताइएको छ ।

राष्ट्रपति कार्यालयले नेपालीलाई फुटबल हेर्न छुट्टि दिएको यो पहिलो घटना भएको माल्दिभ्समा कार्यरत नेपाली अधिकारी सन्तोष मगरले जानकारी दिए । मगर माल्दिभ्समा नेपालीहरुका लागि सहयोगी भूमिकाका रहेका नेपाली अधिकारी हुन् । माल्दिभ्समा नेपाली राजदूतावास नरहेका कारण माल्दिभ्सलाई हाल श्रीलंकामा रहेको नेपाली दूतावासले हेर्ने गरेको छ।

८ हजार दर्शक क्षमता रहेको मालेको राष्ट्रिय रंगशालामा आज २ हजार बढी नेपालीले फइनल खेल हेर्नका लागि टिकट बुक गराएको मगरले बताए ।

मालेमा घरेलु कामदारकारुपमा रहेका नेपालीहरुलाई पनि त्याहाँका घरवालाहरुले आज फुटवल हेर्नकै लागि बिदा दिएको जनाइएको छ ।

 

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १ : १८ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल