७ बैशाख २०८३, सोमबार | April 20, 2026

साफ च्याम्पियनसिपको फाइनल खेल गोलरहित बराबरीमा पहिलो हाफ सकियो



काठमाडौं । नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल गोल बिहिन अवस्थामा नै पहिलो हाफ सकिएको छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म दुबै देशका खेलाडीहरुले गाल गर्न सकेका छैनन् । उनीहरुको खेलमा स्कोर गोल रहित बराबरीमा रहेको छ ।

खेल शूरु भएसँग भएको भारी वर्षका कारण खेलाडीहरु खुलेर खेल्न नसकिरहेको स्पष्ट देखिएको छ । बलमा अधिकांश समय भारतले नियन्त्रण बनाइरहे पनि दुवै टोली गोलका अवसर सिर्जना गर्नबाट भने चुकिरहेका छन् । पहिलो हाफमा नेपालका लागि नवयुग श्रेष्ठ र भारतका लागि कप्तान सुनिल क्षेत्रीले गोलका अवसर गुमाएका थिए । नेपालका गोलकिपर किरण चेम्जोङको उत्कृष्ठ प्रदर्शनले भारतको गोल प्रयास असफल हुँदै गएको छ ।

नेपाल पहिलोपटक यो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो भने भारतले यो प्रतियोगिता सर्वाधिक सात पटक जितिसकेको छ । सन् २००३ बाहेक भारत सधैँ प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतका लागि कप्तान सुनिल क्षेत्रीले प्रतियोगितामा सर्वाधिक ४ गोल गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ९ : ५१ बजे

गृहमन्त्री गुरुङमाथि तत्काल उच्चस्तरीय छानबिन गर्न कांगेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले गृहमन्त्री सुधन गुरुङमाथि

बुटवलमा जितगढी विजयोत्सवको भव्य स्मरण (फोटो फिचर)

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जितगढी विजय

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज

जितगढी विजयी उत्सव-२०८३

जितगढी विजयी उत्सव-२०८३

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम