२४ मंसिर २०८२, बुधबार | December 11, 2025

साफ च्याम्पियनसिपको फाइनल खेल गोलरहित बराबरीमा पहिलो हाफ सकियो



काठमाडौं । नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल गोल बिहिन अवस्थामा नै पहिलो हाफ सकिएको छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म दुबै देशका खेलाडीहरुले गाल गर्न सकेका छैनन् । उनीहरुको खेलमा स्कोर गोल रहित बराबरीमा रहेको छ ।

खेल शूरु भएसँग भएको भारी वर्षका कारण खेलाडीहरु खुलेर खेल्न नसकिरहेको स्पष्ट देखिएको छ । बलमा अधिकांश समय भारतले नियन्त्रण बनाइरहे पनि दुवै टोली गोलका अवसर सिर्जना गर्नबाट भने चुकिरहेका छन् । पहिलो हाफमा नेपालका लागि नवयुग श्रेष्ठ र भारतका लागि कप्तान सुनिल क्षेत्रीले गोलका अवसर गुमाएका थिए । नेपालका गोलकिपर किरण चेम्जोङको उत्कृष्ठ प्रदर्शनले भारतको गोल प्रयास असफल हुँदै गएको छ ।

नेपाल पहिलोपटक यो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो भने भारतले यो प्रतियोगिता सर्वाधिक सात पटक जितिसकेको छ । सन् २००३ बाहेक भारत सधैँ प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतका लागि कप्तान सुनिल क्षेत्रीले प्रतियोगितामा सर्वाधिक ४ गोल गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ९ : ५१ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल