१८ चैत्र २०८२, बुधबार | April 1, 2026

भकारी देख्नै मुस्किल



गलेश्वर । दुई दशकअघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रका प्रत्येक घरमा अन्नले (धान, कोदो) भरिएका भकारी, टिन र थुन्सेभरि चामल, घरको बार्दलीमा मकैको बुर्चो, आगनमा थाँक्रो देखिन्थ्यो । तर अहिले गाउँघरमा भकारीमा अन्न होइन, बोरा र डालीमा सीमित हुन थालेको छ ।

समय फेरिएको छ । युवा पलायन र कृषिप्रतिको वितृष्णाका कारण अहिले गाउँघरका खेतबारी बाँझै छन् । कोभिड-१९ को महामारी सुरु भएपछि दुई वर्षयता गाउँमा फर्कनेहरुको संख्या बढेसँगै धान फल्ने खेत र कोदो झुल्ने बारीमा केही तरकारी, फलफूल र पशुपालन गरिए पनि खाद्यान्न उत्पादनतर्फ कसैको चासो नरहेको स्थानीयहरुले बताएका छन् ।

अहिले सहरमा मात्रै होइन ग्रामीण क्षेत्रका घरहरुमा समेत अन्न भण्डारण गर्ने भकारी देख्नै मुस्किल हुने गरेको बेनी नगरपालिका-२ का ८५ वर्षीय वेदप्रसाद उपाध्यायले बताए । ‘बजारबाट ल्याएको चामलको बोरा र तेलको पोकाबाट बिहान बेलुकीको भान्छा उम्किन्छ’, उपाध्यायले भने, ‘हाम्रो पालामा भकारीबाट धान झिकेर, ढिकीमा कुट्दै एक वर्षसम्म पुग्ने चामल हुन्थ्यो, अहिले खेती गर्नै छोडे, कहाँबाट हुनु भकारीमा धान ।’

नेपालमा अहिले पनि अधिकांश घरधुरीहरु कृषिकर्मसँगै माटो खनीखोस्रिएर आफ्ना जिविका चलाँउछन् । अझै पनि ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषि कार्यमा प्रत्यक्ष र परोक्ष संलग्न छन् । तर खाद्यान्न उत्पादन भने घट्दै गएको कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले जनाउँछ ।

विश्व खाद्यान्न तथा कृषि संगठनका अनुसार जलवायु परिवर्तनले निम्त्याएको ठूलो चुनौती खाद्यान्न सङ्कट नै हो । स्थानीय विशेषता रहेका अन्नवाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशील विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने बिउविजन लोप हुँदै जानु अहिलेको खाद्यान्न व्यवस्थापनको चुनौती हो । रासस

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ७ : ०८ बजे

मार्चमा आए एक लाख २० हजार पर्यटक

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा चयन

वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने, आधा दिन बिदा कटौती

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले

नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै पूर्णबहादुर खड्कासहितका नेताहरुलाई कांग्रेसले गरायो सचेत

काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अबैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा सञ्चालन भइरहेका अवैध