१ असार २०८३, सोमबार | June 15, 2026

‘बिग हाउस’ ब्यापारी सुलभ अग्रवाल विरुद्ध कालोबजारीको मुद्दा



काठमाडौ । तीन हजार मूल्य पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेचेको आरोप लागेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

प्रहरीले नाटकिय ग्राहक बन्दै अग्रवाललाई २५ गते काठमाण्डौबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालयले आज दर्ता गरेको मुद्दामा १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिमाना माग गरिएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका हरिप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

‘कालोबजारी ऐनअन्तर्गत १ वर्षसम्मको कैद सजाय व्यवस्था कानुनमा उल्लेख भएपनि अग्रवाल सार्वजनिक पदाधिकारी भएकाले अर्को ६ महिना सजाय थपको माग गरिएको रेग्मीले बताउनुभयो । अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत हुन् ।

सामान्यतः १ वर्षसम्मको सजाय व्यवस्था रहेकाले कालोबजारीसम्वन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने भएपनि सार्वजानिक पद धारण र ठूलो बिगो सहितको मुद्दा भएकाले अदालतमा मुद्दा दर्ता भएको बताईएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ९ : ५६ बजे

छ वटा सम्पदा परे अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरणमा

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ देखि संयुक्त राष्ट्रसङ्घीय

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२ दशमलव ५३ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा पूर्वाधार तथा विकास

प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव – मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्ना मन्त्रीहरूको बोलीमा

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

रुपन्देही । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट

कर्मचारीको तलब र प्रोत्साहन भत्ता १० प्रतिशत वृद्धि गर्दै मधेसको ४१ अर्बको बजेट

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी कार्यालयबाट सेवा प्रवाहमा ढिलासुस्ती