२८ माघ २०८२, बुधबार | February 11, 2026

नेपाल यू-२३ को अन्तिम टोली घोषणा



काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले आइतबार छनोटका लागि २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।

छनोटको समूह ‘बी’मा रहेको नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । समूह ‘बी’ छनोट खेल अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । यस समूहमा रहेको नेपालले पहिलो खेलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग खेल्दा अन्तिम खेल लेबनानसँग खेल्नेछ ।

छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।

नेपाली टिम :

मनिष डाँगी, अविशेक रिजाल, अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, ऋतिक खड्का, दर्शन गुरुङ, सुमन अर्याल, गौतम श्रेष्ठ, एरिक विष्ट, राजन गुरुङ, शिव गुरुङ, रन्दिप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु, नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान, सेसेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखि, आकाश बुढा मगर, रोशन पहाडी ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ७ : ०२ बजे

प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी

कुखुरामा इकोलाईको समस्या

चितवन । जिल्लामा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ ।

पाकिस्तानको लगातार दोस्रो जित, अमेरिकामाथि ३२ रनले विजय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’को खेलमा पाकिस्तानले लगातार

विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

काठमाडौं । आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तरराष्ट्रिय दिवस हो

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै