८ चैत्र २०८२, आइतबार | March 22, 2026

दशैँलगत्तै आन्तरिक पर्यटकले म्याग्दीका होटल तथा लज भरिभराउ



म्याग्दी । केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन् ।

होटल तथा रेष्टुराँ व्यवसायी संघ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले दशैंलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिए । “देशका विभिन्न ठाउँमा भ्रमणका आएका पाहुनाले होटल भरिएका हुन्”, उनले भने, “दुई वर्षपछि यति धेरै सङ्ख्यामा पाहुना आएका हुन् ।”

बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ-तातोपानी, दाना, घोरेपानी, सिङ्गा तातोपानीका होटल आन्तरिक पर्यटकले भरिभराउ बनेका हुन् । होटल तथा रेष्टुराँ व्यवसायी संघका अनुसार बेनीमा रहेका ५० होटलमा एक हजार जना बास बस्न सक्ने क्षमता छ । बेनीका होटलमा पाहुना राख्न नसकेपछि बागलुङ र कुश्मामा पठाएको व्यवसायीले बताएका छन् ।

बडादशैंको टीकाको भोलिपल्टदेखि काठमाडौं, पोखरा, चितवन, विराटनगर, रुपन्देहीलगायत देशका सबैजसो जिल्लाबाट म्याग्दी हुँदै मुस्ताङ जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले निजी गाडी र मोटरसाइकलमा मुस्ताङ जाने आउने आन्तरिक पर्यटकहरुको सङ्ख्या ह्वात्तै बढेको बताए ।

पछिल्लो दुई दिनयता दैनिक ५०० बढी सवारी साधन बेनी-जोमसोम सडकमा आवतजावत गरिरहेका उनले बताए । यसअघि दैनिक १०० देखि १५० सवारी साधन आवतजावत गर्दथे । पर्यटकीय याम, अनुकूल मौसम, चाडपर्वको बिदा भएकाले विद्यार्थी, व्यापारी, कर्मचारीलगायत विभिन्न पेसा व्यवसाय गर्ने मुस्ताङ घुम्न आएका अन्नपूर्ण गाउँपालिका-२ भुरुङ-तातोपानीका होटल व्यवसायी अमृतमान शेरचनले बताए ।

करिब दुई बर्षपछि पाहुनाको आगमन हुन थालेपछि थला परेका होटल तथा रेष्टुराँ व्यवसायीले राहतको महसुस गरेका छन् । पर्यटकीय क्षेत्र खुलाउनुअघि सम्बन्धित पालिकाले स्थानीयवासीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था मिलाएका थिए । भैरहवाबाट मुस्ताङ घुम्नका लागि परिवारसहित आउनुभएका अनिल रुङगाटाले लामो समयपछि भएको भ्रमणले ‘रिफ्रेस’ बनाएको प्रतिक्रिया दिए । गत भदौ २३ गतेदेखि मुस्ताङ र गत असोज १ गतेदेखि जिल्लाका पर्यटकीयस्थल भ्रमणका लागि खुलाइएको थियो ।

मुस्ताङ जाने आउने सवारी साधनको चाप बढेसँगै बेनी-जोमसोम सडकमा जाम हुन थालेको छ । अन्नपूर्ण गाउँपालिका-३ काभ्रेमा सडक भासिदाँ साँघुरिएको सडकमा एकतर्फी सडकमा गाडी फस्दा आवतजावत प्रभावित हुने गरेको छ ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा-गजुरमुखीले फसेका सवारी साधन निकाल्ने र नियमित आवतजावतका लागि सडक मर्मतलाई निरन्तरता दिएको जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ९ : ०१ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड