१८ चैत्र २०८२, बुधबार | April 1, 2026

आज चौथो दिन पनि विजयादशमीको टीका लगाइँदै



काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज पनि जारी छ ।

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि शुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमाका दिन सबै (अखिल) बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

यस वर्ष कात्तिक २ गते मङ्गलबार (भोलि) कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यस दिनसम्म देवीको प्रसाद लगाउनु शास्त्रसम्मत हुने समितिका अध्यक्ष प्रा।श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात नेपालीको महान पर्व बडा दशैँ समाप्त हुन्छ ।

योसँगै सुनसान बनेको काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ । टाढा टाढा आफन्त एवं मान्यजन हुनेहरु अहिले पनि नवदुर्गाको प्रसाद ग्रहणका लागि गइरहेको देख्न सकिन्छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ९ : १५ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको

कांग्रेस अनुशासन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ

रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति थालियो

म्याग्दी । रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ । एक