२८ माघ २०८२, बुधबार | February 11, 2026

साफ उपविजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने सरकारको निर्णय, भोलि मुस्लिम समूदायलाई सार्वजनिक बिदा



काठमाडौं । सरकारले साफ उपविजेता नेपाली फुटबल टिमका खेलाडीलाई पाँच/पाँच लाख रूपैयाँ दिने भएको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले प्रत्येक खेलाडीलाई ५-५ लाख र प्रशिक्षकहरूलाई प्रोत्साहनस्वरूप ३-३ लाख रूपैयाँ दिने निर्णय गरेको हो ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खेलाडी र प्रशिक्षकहरूलाई प्रोत्साहनस्वरूप सो रकम दिने निर्णय मन्त्रिपरिषदले गरेको जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले मोहम्मद जयन्तीका अवसरमा भोलि (मंगलबार) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

बैठकले आबुधाबीमा हुन लागेको छैटौं मन्त्रिस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिए ।

बैठकले मन्त्रालयहरूमा स्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिनुका साथै लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम राजपत्रांकित प्रथम श्रेणीका विभिन्न पदमा नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ७ : १६ बजे

प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी

कुखुरामा इकोलाईको समस्या

चितवन । जिल्लामा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ ।

पाकिस्तानको लगातार दोस्रो जित, अमेरिकामाथि ३२ रनले विजय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’को खेलमा पाकिस्तानले लगातार

विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

काठमाडौं । आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तरराष्ट्रिय दिवस हो

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै