२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

पर्यटक लोभ्याउँदै बुङ र अक्टोपस झरना



लमजुङ । बुङ झरना अवलोकन गर्नेहरुको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । विश्वका कतिपय मुलुकमा चर्चित चक्रीय अन्नपूर्ण पदमार्गस्थित लमजुङ मस्र्याङ्दी गाउँपालिका-४ च्याम्चेमा यो झरना हेर्न केही दिनदेखि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको थालेको हो ।

कोरोना सङ्क्रमणका कारण लामो समय सुनसानजस्तै रहेकामा अहिले यहाँ सङ्क्रमणको असर कम हुँदै गएकाले झरना हेर्न आन्तरिक तथा बाह्य पर्यटक गरी १५० जनासम्म आउन थालेका छन् । केही दिनअघिसम्म मुस्किलले दुई चार पर्यटक आउने गरेकामा पनि यतिबेला भने पर्यटक बढ्न थालेसँगै यहाँको चहलपहल बढ्न थालेको छ । यो झरना रमणीय एवं सुन्दर देखिने भएकाले पदमार्गमा आउने पर्यटक आकर्षित हुने गरेको मस्र्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताए ।

उनले भने, सदाबहार छङछङ झरिरहने झरनाले पर्यटक आकर्षित गरिरहेकाले विगतमा यस झरनामा दैनिक करिब चार सयसम्म पर्यटकले अवलोकन गर्दै आएका थिए । अन्नपूर्ण पदमार्गमा पैदल तथा सवारीसाधनबाट जाने पर्यटक एकपटक बुङ छहरामा नहेरी जानै चाहाँदैनन् । तारे भिरमा छङछङ गर्दै झरेको छहरालाई पृष्ठभूमि बनाएर तस्वीर लिने र सेल्फी खिच्नेको भिड लाग्छ ।

स्थानीयवासी आइतबहादुर गुरुङले भन्नुभयो, छहरा हेर्न रोकिने पर्यटकका कारण होटल व्यवसायसमेत फष्टाएको छ । केही दिनअघिदेखि १०० भन्दाबढी पर्यटकले आवतजावत गर्न थालेको र तिनले झरना हेर्न रोकिने गरेकाले यहाँको आम्दानीसमेत बढ्न थालेको उनको भनाइ थियो ।

झरनाको वारी च्याम्चेमा होटल छन् । यहाँ लोकल कुखुरासँगै खाना, चिया कफीजस्ता पेय पदार्थ बेच्न व्यवसायीलाई फुर्सदै हुँदैन । सदरमुकाम बेँसीसहरबाट ३२ किलोमिटरको दूरीमा पर्ने यो छहरा वर्षात्का बेला निकै ठूलो देखिने भएकाले झरना हेर्दै सेल्फी खिच्ने पर्यटक घण्टौँसम्म भुल्ने गरेको स्थानीयवासीको भनाइ थियो ।

यतिबेला पर्यटक आगमनको याम भएको र कोरोना सङ्क्रमणको जोखिम पनि कम भएकाले दैनिक ठूलो सङ्ख्यामा पर्यटक ओहोर दोहोर गर्ने गर्छन् । भिरको बाटोमा मन सिरिङ्ग बनाउँदै हिँडेका पर्यटकले आँखै अगाडि ठोकिने झरना देख्दा सबै दुःख र थकान बिर्सने गरेको अनुमान भएको उनीहरूको भनाइ थियो ।

त्यस्तै सोही पदमार्गको च्याम्चेकै अर्को अक्टोपस झरनाले पनि पर्यटकलाई थप आकर्षित गराउँदै आएको छ । यो झरना बेँसीशहरस्थित चामे सडकको बीच भागमै झर्ने भएकाले पैदल तथा मोटरसाइकलमा जाने यात्रुलाई त रुझाउँछ नै । यो झरनाको तस्वीर खिचेर सामाजिक सञ्जालमा नहाल्ने सायद कमै होलान् । अत्यन्त मनमोहक यो झरना अक्टोपसको खुट्टा झैँ देखिन्छ । यहाँ आइपुगेर झरना हेर्दा स्वर्गको अनुभूति भएको पर्यटक युनिका पोख्रेलले बताए ।

यस्तो झरना देख्दा नहेरी कहाँ मन मान्छ र, यति मात्र होइन, झरनासँगै सेल्फी त खिच्न छुटाउनै भएन । झरनामा पुग्दा आफूले आफैँलाई बिर्सेर स्वर्गमा पुगेको अनुभूति भएको उनको भनाइ थियो । उहाँजस्तै यहाँ आउने जो कोहीले पनि अवलोकन पछि स्वर्ग नै पुगेको अनुभूति भएको बताउने गर्दछन् ।

मनमोहक यस्ता झरनाको थप प्रचारप्रसारका साथै स्थानीय क्षेत्रलाई थप व्यवस्थित गर्नसके अझै थुपै्र पर्यटक आगमनले यहाँको व्यवसाय फस्टाउने पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताए ।

गाउँपालिकामा यी झरनासँगै अन्य झरना पनि राम्रो रहेकाले पर्यटन प्रवद्र्धन गर्नका लागि यी झरनाको गुरुयोजना बनाएर अघि बढ्ने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनले भने, “प्रकृतिमा रमाउने पर्यटकलाई यस्ता झरनाले झन आकर्षित गराउँछ ।” रासस

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ८ : २३ बजे

औषधि पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित,

भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तयारी

भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म

बुटवलमा ‘बुटवल नियो क्लिनिक’ सञ्चालन, बालबालिकाका न्यूरो-विकास समस्याको एकै स्थानमा उपचार

बुटवल । बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित धर्मपथमा ‘बुटवल नियो क्लिनिक’ सञ्चालनमा

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या कार्यान्वयन हुँदै

काठमाडौं । सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या

महासंघको निर्वाचनका लागि बुटवल उवासंघबाट अध्यक्ष अर्याल मुख्य प्रतिनिधि चयन

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य