५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कार्यालय खोलियो : कार्यादेश नदिँदा तलब बुझ्दै, कार्यालय कुर्दै कर्मचारी, सेवाग्राही मारमा



जाजरकोट । आफ्नै घर, आँगनमा यातायात कार्यालय भए पनि काम लिनका लागि सुर्खेत, नेपालगञ्ज र दाङ जानुपर्ने बाध्यता रुकुम पश्चिम तथा जाजकोटका बासिन्दालाई छ ।

रुकुम पश्चिमको चोरजहारीमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरेको २ वर्ष पुगे पनि कार्यादेश नपाउँदा कर्मचारीहरु प्रत्येक महिनाको तलब बुझेर बस्ने कामबाहेक अरु काम नहुने गरेको निमित्त कार्यालय प्रमुख प्रदीपकुमार रेग्मीले बताए । २६ भदौ २०७६ मा स्थापना भएको यस कार्यालयबाट काम नपाउँदा दिनभरी कार्यालय कुरेर कोठा जानुपर्ने बाध्यता आइलागेको रेग्मीले बताए ।

उनले भने, ‘कार्यालय खोल्ने, दिनभरि कुर्ने र बन्द गर्ने काम मात्र भइरहेको छ । कार्यालयलाई कार्यादेश नहुँदा कामविहीन हुनुपरेको छ । कार्यालय स्थापना गरियो, कार्यादेश दिइएन । हामी कामका लागि तयार छौँ । ’

काम गर्नका लागि अधिकार पाउन ९कार्यादेश० पटकपटक कर्णाली प्रदेशको यातायात निर्देशनालय, पूर्वाधार कार्यालय, मुख्यमन्त्री कार्यालयलगायतमा आग्रह गरिए पनि सुनुवाइ नभएको कार्यालय प्रमुख रेग्मीले बताए ।

दुई वर्षअघि प्रदेश सरकारले पूर्वाधार मन्त्रालयअन्तर्गत यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीमा राख्ने निर्णय गरेको थियो । अहिले यातायात कार्यालयको काम सुर्खेत र जुम्लाबाट मात्र भइरहेको छ । कार्यालय खुलेको लामो समय भइसक्दा पनि काम नहुँदा सुर्खेत, नेपालगञ्ज र दाङ जानुपर्ने बाध्यता भएको स्थानीय राज लामिछानेले बताए ।

कार्यालयमा उपसचिवसहित एकरएक प्रशासन अधिकृत, लेखा अधिकृत, २ जना सुब्बा, खरिदार, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीको दरबन्दी छ । सुरुमा दरबन्दीअनुसारका कर्मचारी कार्यालय पुगेका थिए । अहिले विस्तारै कर्मचारी सरुवा मिलाएर अन्यत्र जाँदा ४ जना कर्मचारी कार्यालयमा कायम रहेको निमित्त कार्यालय प्रमुख रेग्मीले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ७ : ४० बजे

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा