१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कार्यालय खोलियो : कार्यादेश नदिँदा तलब बुझ्दै, कार्यालय कुर्दै कर्मचारी, सेवाग्राही मारमा



जाजरकोट । आफ्नै घर, आँगनमा यातायात कार्यालय भए पनि काम लिनका लागि सुर्खेत, नेपालगञ्ज र दाङ जानुपर्ने बाध्यता रुकुम पश्चिम तथा जाजकोटका बासिन्दालाई छ ।

रुकुम पश्चिमको चोरजहारीमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरेको २ वर्ष पुगे पनि कार्यादेश नपाउँदा कर्मचारीहरु प्रत्येक महिनाको तलब बुझेर बस्ने कामबाहेक अरु काम नहुने गरेको निमित्त कार्यालय प्रमुख प्रदीपकुमार रेग्मीले बताए । २६ भदौ २०७६ मा स्थापना भएको यस कार्यालयबाट काम नपाउँदा दिनभरी कार्यालय कुरेर कोठा जानुपर्ने बाध्यता आइलागेको रेग्मीले बताए ।

उनले भने, ‘कार्यालय खोल्ने, दिनभरि कुर्ने र बन्द गर्ने काम मात्र भइरहेको छ । कार्यालयलाई कार्यादेश नहुँदा कामविहीन हुनुपरेको छ । कार्यालय स्थापना गरियो, कार्यादेश दिइएन । हामी कामका लागि तयार छौँ । ’

काम गर्नका लागि अधिकार पाउन ९कार्यादेश० पटकपटक कर्णाली प्रदेशको यातायात निर्देशनालय, पूर्वाधार कार्यालय, मुख्यमन्त्री कार्यालयलगायतमा आग्रह गरिए पनि सुनुवाइ नभएको कार्यालय प्रमुख रेग्मीले बताए ।

दुई वर्षअघि प्रदेश सरकारले पूर्वाधार मन्त्रालयअन्तर्गत यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीमा राख्ने निर्णय गरेको थियो । अहिले यातायात कार्यालयको काम सुर्खेत र जुम्लाबाट मात्र भइरहेको छ । कार्यालय खुलेको लामो समय भइसक्दा पनि काम नहुँदा सुर्खेत, नेपालगञ्ज र दाङ जानुपर्ने बाध्यता भएको स्थानीय राज लामिछानेले बताए ।

कार्यालयमा उपसचिवसहित एकरएक प्रशासन अधिकृत, लेखा अधिकृत, २ जना सुब्बा, खरिदार, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीको दरबन्दी छ । सुरुमा दरबन्दीअनुसारका कर्मचारी कार्यालय पुगेका थिए । अहिले विस्तारै कर्मचारी सरुवा मिलाएर अन्यत्र जाँदा ४ जना कर्मचारी कार्यालयमा कायम रहेको निमित्त कार्यालय प्रमुख रेग्मीले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ७ : ४० बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज