३ पुस २०८२, बिहिबार | December 18, 2025

निर्माणाधीन कर्णाली पुलका सामान बाढीले बगायो



सुर्खेत । कर्णाली नदीमा आएको बाढीले सुर्खेत-कैलाली जोड्ने निर्माणाधीन पुलका सामग्री बगाएको छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढीले सुर्खेतको चौकुने गाउँपालिका-१० सुर्खेतको चिम्लेस्थित कैलाली जोड्ने पक्की पुलका निर्माण सामग्री बगाएको हो ।

अनक कन्ट्रक्सन प्रालिले निर्माण जिम्मा पाएको सो पुलका सामग्रीमा सरिया, ग्याभिनतार र मिक्चर मेसिन बाढीले बगाएको प्रहरीले जनाएको छ । बाढीले क्रेन भने डुबाएको छ ।

पुलका सामान बगाएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयले अस्थायी प्रहरी चौकी घाटगाउँबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार शाहीको नेतृत्वमा चार जना प्रहरीलाई क्षतिको विवरण सङ्कलन गर्न घटनास्थल पठाएको थियो ।

त्यस्तै बाढीको जोखिम बढेपछि नदी किनारमा रहेको दैलेखको रामघाट बजारका २० घर स्थानान्तरण गरिएको छ । प्रदेश प्रहरी कार्यालयले बजारमा कर्णाली नदी पसेपछि मानवीय र धनमालको क्षति हुन नदिन त्यहाँबाट चार किमी टाढा स्थानान्तरण गरिएको हो ।

अविरलको वर्षाले सुर्खेत-जुम्ला सडक (कर्णाली राजमार्ग) ठाउँ-ठाउँमा अवरुद्ध हुन पुगेको र सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ५८ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन