६ पुस २०८२, आइतबार | December 21, 2025

बुटवलमा वर्षाले कृषिमा पुर्‍याएको क्षतिको विवरण संकलन सुरु



बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले वर्षाले कृषि क्षेत्रमा पुर्‍याएको क्षतिको विवरण संकलन गर्न कृषि विकास शाखाका कर्मचारी तथा प्राविधिकहरुलाई निर्देशन दिएका छन ।

क्षतिको विवरणका आधारमा तत्कालिन राहतका कार्यक्रम बनाउने उपमहानगरको तयारी छ । सोही कामका लागि क्षतिको विवरण संकलन भइरहेको छ । कृषि क्षेत्रमा परेको असरका बारेमा जानकारी लिन उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीको नेतृत्वमा कृषि क्षेत्रमा विशेषज्ञहरुसहितको टोलीले यहाँको कृषि क्षेत्रको निरिक्षण र अनुगमन गरिरहेको छ ।

निरिक्षणको प्रारम्भिक रिपोर्ट अनुसार वर्षाले काटिसकेको धानमा क्षेति पुगेको, तरकारी र फलफुलका विरुवामा नर्सरीमा क्षति पुगेको पाइएको छ । बुटवलमा हाल करिब ३१ हजार हेक्टर क्षेफलमा धान खेती भइरहेको छ । जसमध्ये करिब १० प्रतिशत क्षेत्रमा धान पाकेर काटिसकेको अवस्था छ र त्यसमध्ये ३ प्रतिशत धानमा क्षति भएको पाइएको छ ।

वर्षातले पारेको क्षतिको विवरण संकलनका लागि कृषि विकास शाखाका प्रमुख सन्तोष जिसी, प्राविधिक सहायक सोमनप्रसाद कुर्मी र वडा कृषि प्राविधिक वंशगोपाल म्रिश्रलगायतको टोली खटिएको अनुगमन महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले बताए ।

बुटवलले सहरी कृषि प्रवद्र्धनमा धान, गहु र तरकारीमा अनुदान दिंदै आएको छ । बुटवलको सहरी कृषि प्रवद्र्धन कार्यक्रम मुलुकमै प्रभावकारी मानिन्छ । यहाँक किसानले धान, गहुँ, मकै र तरकारीको बिउमा अनुदान पाउनुका साथै फसल धितो राखेर समेत अनुदान लिइरहेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १ : ५५ बजे

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको