१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बाढी, पहिरो अपडेट : हालसम्म ७७ जनाको मृत्यु, २६ जना बेपत्ता



काठमाडौं । सोमबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार विगत केही दिन यता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट हालसम्म देशभर ७७ जनाको मृत्यु हुनुका साथै २६ जना बेपत्ता भएका छन् ।
यस्तै २२ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयले विपद्का घटनामा परी ज्यान गुमाउनेहरु प्रति नेपाल सरकार हार्दिक श्रद्धाञ्जली तथा परिवार र आफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

सरकारले सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरी विपद् प्रभावितहरुको खोज, उद्धार र राहतको कार्य तीव्र रुपमा गरिरहेको समेत मन्त्रालयले जानकारी गराएको छ । मौसमको प्रतिकुलताका बीच आज बझाङ, धनकुटा, इलाम, पाँचथर लगायतका जिल्लाहरुबाट नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरुको उद्धार र राहत सामग्रीको ढुवानी समेत मन्त्रालयले गरेको छ ।

खोज तथा उद्धार र राहतको कार्यलाई अझ प्रभावकारी बनाउन नेपाली सेनाको हेलिकप्टरको अतिरिक्त आवश्यकतानुसार निजी क्षेत्रको हेलिकप्टर समेत प्रयोग गर्ने व्यवस्था मिलाइएको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ५२ बजे

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण