२४ मंसिर २०८२, बुधबार | December 11, 2025

आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : नेदरल्यान्ड्समाथि नामिबियाको सानदार जित



काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा नामिबियाले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

आबुधाबीमा बुधबार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको हो ।

योसँगै नामिबियाले पहिलो जित दर्ता गराएको छ । पहिलो खेलमा नामिबिया श्रीलंकासँग ७ विकेटले पराजित भएको थियो ।

नेदरल्यान्ड्सले दिएको १ सय ६५ रनको लक्ष्य नामिबियाले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नामिबियाको जितमा डेविड विजले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान गेर्हार्ड इरास्मसले ३२ रन जोड्दा स्टेफेन बार्डले १९ रन बनाए । नेदरल्यान्ड्सका फ्रेड क्लासेन, कोलिन,टिम भान डेर र पिटर सिलारले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेद्ल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । नेदरल्यान्ड्सका म्याक्स ओ’डोडले ७० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको जित सम्भव भएन । नामिबियाका जान फ्राईलिंकले २ विकेट लिए ।

जितसँगै नामिबियाको सुपर-१२ मा पुग्ने सम्भावना कायमै छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ६ : ३१ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल