१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बेन्फिकामाथि बायर्नको सानदार जित, १४ मिनेटमा चार गोल



काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगमा घरेलु टोली बेन्फिकामाथि ४-० गोल अन्तरको सानदार जित दर्ता गरेको छ ।

बुधबार राति भएको खेलमा बायर्नले पोर्चुगलको बेन्फिकालाई दोस्रो हाफको १४ मिनेटमा ४ गोल गर्दै फराकिलो जित निकालेको हो ।

बायर्नको फराकिलो जितमा लिरोए सानेले दुई गोलसँगै एक असिस्ट दिए । रोबर्ट लेवान्डोस्कीले एक गोल गर्दा एक बेन्फिकाका एभर्टनले आत्माघाती गोल गरे ।

पहिलो हाफ बायर्नले नियन्त्रणमा राखे पनि गोल गर्न सकेन । ७० औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । ८० औँ मिनेटमा एभर्टनले आत्मघाती गोल गर्दा बायर्न २-० ले अगाडि बढ्यो ।

८२ औ्ँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई सहज जिततर्फ अघि बढाए । त्यसको दुई मिनेटपछि लिरोए सानेले जोसिप स्टानिसिसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बायर्नलाई ४-० को सानदार जित दिलाए ।

बुधबार राति नै भएको समूह ‘ई’ को अर्को खेलमा जेरार्ड पिकेको निर्णायक गोलमा स्पेनिस बार्सिलोनाले डेनामो किएभमाथि १-० गोल अन्तरको कठिन जित निकालेको छ ।

यो जितपछि समूह ‘ई’ मा अपराजित रहेको बायर्नको ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । पराजित बेन्फिका ४ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । बार्सिलोना ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा डेनामो किएभ १ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ७ : १५ बजे

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले