२४ बैशाख २०८१, सोमबार | May 7, 2024

बढाएको ५ दिन नबित्दै बैंकहरुले घटाए निक्षेपको ब्याजदर



काठमाडौं । निक्षप स‌ंकलनका नाममा देशैभरका कमर्सियल बैंकहरुले निक्षेपको ब्याजदर कार्तिक १ गतेबाट लागु हुनेगरी बढाएपनि बढाएको ४ दिनमा नै पुनः घटाएका छन् ।

नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले धमाधम् ब्याजदर घटाएका हुन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११ दशमलव ६७ प्रतिशत सम्म पुर्याएका बैंकहरुले बढाएको चौंथो दिनमा नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

कार्तिक १ गतेबाट लागु हुने गरि ब्याजदर बढाएका बैकहरुमा हिमालयन बैंकले ११ दशमलव ६७ तोकेकोमा घटाएर नयाँ ब्याजदर ९ दशमलव ३६ प्रतिशत बनाएको छ । यस्तै, सिद्धार्थ, नबिल, एभरेष्ट, माछापुच्छ्रे, बैंक अफ काठमाण्डु, सेञ्चुरी र नेपाल बंगलादेश, एनसीसी र सिभिल बैंकले बढाएको ब्याजदरलाई संशोधन गर्दै समान अंकको ९ दशमलव ३६ प्रतिशत ब्याजदर तोकेका छन् । नेपाल बैंक, एनएमबी, कुमारी, एनर्आइसी एसिया र मेगा बैंकले पनि निक्षेपको ब्याजदर ९ दशमलव ३६ प्रतिशत नै तोकेका छन् ।

नयाँ ब्याजदर तोकेका अन्य बैंकहरुमा नेपाल एसबीआईले ९ दशमलव ४१ तथा नेपाल इन्भेष्टमेन्ट र लक्ष्मी समान बैंकले ९ दशमलव ३५ रुपैयाँ ब्याज तोकेका छन् । सनराईज र सानिमा बैंकले ९ दशमलव ०६, प्रभुले ८ दशमलव ५७, राष्ट्रिय वाणिज्यले ८ दशमलव ३६, सिटिजन्सले ८ दशमलव ८ तथा कृषि विकास बैंकले ८ दशमलव ८५ रुपैयां नयाँ ब्याजदर तोकेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  १ : ०६ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,