२८ माघ २०८२, बुधबार | February 11, 2026

तिहारमा मखमली फूलको माला १ सय रुपैयाँसम्म पर्ने



काठमाडौं । यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेकोे बेमौसमी वर्षात्ले फूलखेती प्रभावित भएको छ । यसले आन्तरिक उत्पादन घटेकाले मालाको मूल्य बढ्ने भएको हो ।

प्mलोरिकल्चर एशोसिएशन अफ नेपालका अनुसार मखमली फूलको १ मिटरसम्म लम्बाइको मालाको खुद्रा मूल्य गतवर्षको भन्दा २० रुपैयाँले बढेर १ सयसम्म पुग्ने अनुमान गरिएको छ । मालाको लम्बाइ अनुसार त्यसको मूल्य निर्धारण हुने गर्दछ । गतवर्ष मखमली पूmलको मालाको खुद्रा मूल्य ८० रुपैयाँ थियो ।

केही दिनअघि परेको पानीले फूलखेतीमा ३० देखि ३५ प्रतिशतसम्म क्षति पुगेको एशोसिएशनको प्रारम्भिक तथ्यांक छ । त्यसैगरी कोरोना महामारीका कारण करीब २२ प्रतिशत पुष्प व्यवसायी पलायन हुँदा समग्र फूलखेतीमा कमी आएकोे बताइएको छ । चितवन, रूपन्देही, नवलपरासी, दाङ, काठमाडौं, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक लगायत जिल्लामा लगाइएको फूलखेतीमा वर्षात्ले धेरै क्षति पुर्‍याएको एशोसिएशनका महासचिव विश्वमणि पोखरेलले बताए ।

यद्यपि तिहारमा खपत हुने मखमली फूलको ८५ प्रतिशत माग आन्तरिक उत्पादनले धान्ने र बाँकी १५ प्रतिशत माग फूल आयातपछि पूर्ति हुने उनले बताए । गतवर्षको तुलनामा मालाको मूल्य बढे तापनि यस वर्षको तिहारमा देशभर करीब साढे १८ लाख मालाको खपत हुने अनुमान गरिएको एशोसिएशनले बताएको छ, जसमध्ये १५ लाख सयपत्री, ३ लाख मखमली, १५ हजार गोदावरी फूलको माला खपत हुने अनुमान गरिएको छ ।

करीब ६ अर्ब रुपैयाँ लगानी रहेको पुष्प व्यवसाय ४३ जिल्लामा फैलिएको छ । ७ सय व्यवसायीसहित करीब ४० हजारभन्दा धेरैले यस क्षेत्रमा रोजगारी पाएका छन् । आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ७ : ४२ बजे

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार