२० बैशाख २०८१, बिहिबार | May 3, 2024

सुनको मूल्य बढ्यो, चाँदी स्थिर



काठमाडौं । नेपालमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले उकालो लागेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० तोकिएको छ । पहेँलो धातु बुधबार प्रतितोला २ हजार कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९०० रहने छ जसको मूल्य बुधबार ९१ हजार ५०० तोकिएको थियो ।

त्यस्तै चाँदी प्रतितोला एक हजार २५०मा कारोबार हुने महासङ्घले जनाएको छ । चाँदी बुधबार प्रतितोला एक हजार २५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ११ : ४९ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक