४ श्रावण २०८३, सोमबार | July 20, 2026

सुलभसंग अदालतले माग्यो २५ लाख धरौटी



काठमाडौँ – कोरोना भाइरस संक्रमणको महामारीका कारण बजारमा अत्याधिक माग भएको थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका चर्चित व्यवशायी सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागिएको छ । काठमाडौँ जिल्ला अदालतले मुद्दाको सुनुवायी गर्दै अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागेको हो। न्यायाधिश ब्रजेश प्याकुरेलको एकल इजलासले थुनछेकको बहस पछि धरौटी माग गरेको हो । बुधबारदेखि बहस सुरु भएको थियो।

महानगरीय प्रहरी अपराध महाशाखाले अग्रवाललाई तीन साताअघि थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो। प्रहरीले स्टिङ अप्रेसनमार्फत अग्रवाललाई नियन्त्रणमा लिएको थियो।

४ देखि ५ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँसम्म लिएर अग्रवालले बिक्री गरेको महाशाखाको आरोप थियो। चीनबाट ल्याएको मेडिकल सामग्रीलाई अग्रवालले महँगो मुल्य लिएर बेचेको प्रहरीले आरोप लगाएको थियो।

व्यवशायी अग्रवाल जगदम्बा समूहका सदस्य हुन्। उनीविरुद्ध विभिन्न चार वटा कसुरमा मुद्धा लिएर जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको थियो। कालोबजारी सम्बन्धी मुद्धाको सुनुवाई जिल्ला प्रशासन कार्यालयले गर्ने भएपनि एक वर्षभन्दा बढी कैद मागदावी भएपछि अदालतको क्षेत्राधिकारमा पुगेको थियो।

अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक महावाणिज्यदूत पनि भएका कारण उनलाई सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेको अपराधको दफा पनि उनीविरुद्ध लागु गरिएको थियो।

प्रहरीले पक्राउ गरेलगत्तै परराष्ट्र मन्त्रालयले उनका सम्पुर्ण सेवा सुविधा फिर्ता गरेको थियो। उनले सरकारी सेवासुविधाबापत प्राप्त गर्ने निलो नम्बर प्लेटको गाडीमा थर्मल गन राखेर कालोबजारी गरेकै अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ३ : ४५ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा