२८ माघ २०८२, बुधबार | February 12, 2026

विधान बनाउन ६ हजार प्रतिनिधि डाकेको एमालेले नेतृत्व छान्न १५३६ प्रतिनिधि चयन गर्ने



काठमाडौं । विधान बनाउन ६ हजार बढी प्रतिनिधि भेला गरेको नेकपा एमालेले नेतृत्व चयन गर्न भने १ हजार ५३६ जना मात्र कार्यकर्तालाई महाधिवेशनमा प्रतिनिधि बनाउने भएको छ । अघिल्लो महिना सम्पन्न भएको विधान महाधिवेशनमा ६ हजार बढी पार्टी सदस्यहरुलाई सहभागी बनाएको एमालेले नयाँ नेतृत्व निर्वाचित गर्ने समेत अभिभारा बोकेको दशों महाधिवेशनमा १ हजार ५३६ जना मात्र प्रतिनिधि सभागी गराउने निर्णय गरेको हो । बिहिबार बसेको एमाले स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्यालाई खुम्च्याएर १५३६ संख्यामा झारेको हो ।

बैठकले हरेक निर्वाचन क्षेत्रबाट १ हजार ५ सयजना पार्टी सदस्यबाट ३ जना प्रतिनिधि छनोैट गर्ने गरि निर्णय भएको बैठकपछि पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार भूगोल कमिटीहरूबाट कुल ११९६ जना प्रतिनिधि छानिने छन् भने बाँकी गैर भूगोलबाट ३४० जना गरी कुल १५३६ प्रतिनिधि छानिने छन् । महाधिवेशनमा ५१ प्रतिशत समावेशी बाट तथा ४९ प्रतिशत खुल्लाबाट प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको । विधानतः महिलाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने निर्णय भएको समेत ज्ञवालीले जानकारी दिए ।

आज बसेको स्थायी कमिटीको बैठकको निर्णयलाई १० बुँदे सहमतिका आधारमा एमालेमा बसेका तेस्रो धारका नेताहरुले भने असन्तुष्टि जनाएका छन् । विधान बनाउन ६ हजार पार्टी सदस्य चाहिने अनी नेतृत्व छान्न १५०० भए पुग्ने ? बैबठकबाट निस्केने क्रममा तेस्रो धारका एक नेताले गुनासो गरे । बैठकमा कोरोनाका कारण अनुपस्थित रहेका उपमहासचिव घनश्याम भुसालले लिखित पत्र पठाउँदै पार्टीभित्र १० बुँदे सहमति लागू नगरेका कारण एमालेको डीएनएमाथि नै आक्रमण हुने स्थिति आएको जनाएका थिए । उनले अध्यक्ष केपी ओलीलाई सम्बोधन गर्दै दश बुँदे जे भनेर गरिएको थियो, त्यसैगरी लागू गर्न माग समेत गरेका छन् ।

बिहीबार बैठकमा चितवनमा हुने महाधिवेशनको व्यवस्थापकीय तयारीबारे नेता सुरेन्द्र पाण्डेले रिपोर्टिङ गरेका थिए । आगामी मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशन नारायणी किनारमा उद्घाटन गर्ने र सौराहामा समापन गर्ने पाण्डेले जानकारी गराएका थिए ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ९ : ०२ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी