२२ बैशाख २०८१, शनिबार | May 4, 2024

एएफसी यू-२३ : नेपालको पोष्टमा ताजकिस्तानको आधा दर्जन गोल, नेपाल बाहिरियो



काठमाडौं । ताजकिस्तानले एएफसी यू-२३ एसियन कप छनोट खेलमा नेपालको पोष्टमा आधा दर्जन गोल गरेको छ ।

बिहीबार ताजकिस्तानको दुसन्वे स्थित सेन्ट्रर रिपब्लिक मैदानमा भएको खेलमा ताजकिस्तानको यू-२३ टोलीले नेपालको यू-२३ टोलीलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु टोली ताजकिस्तानले नेपाललाई सुरुवातबाटै दबाबमा राख्दै पहिलो हाफमा ३ गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा ताजकिस्तानले थप ३ गोल गर्‍यो ।

यससँगै नेपाल एक खेलअघि नै एएफसी यू-२३ एसियन कप छनोटबाट बाहिरिएको छ । प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि नेपाल बलियो इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो ।

यता, ताजकिस्तानको भने प्रतियोगितामा दोस्रो जित हो । उसले अघिल्लो खेलमा लेबनानलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

यता, आजनै भएको समूह बी को खेलमा इरानले लेबनानलाई २-० गोल अन्तरले पराजित गरेको छ । जितसँगै ताजकिस्तान समूह बी मा ६ अंकका साथ शीर्षस्थानमा छ । समान अंक भएपनि इरान गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।

अब, अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्दा ताजकिस्तान र इरान समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ७ : ०४ बजे

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार

काठमाडौं । ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ