२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

अपडेट : धरौटीमा रिहा भएलगत्तै व्यवसायी अग्रवाल पुन: पक्राउ



काठमाडौ । थर्मल गन कालोबजारीले आरोपमा पक्राउ परेका शुलभ अग्रवाल धरौटीमा रिहा भएलगत्तै पक्राउ परेका छन् ।

उनीमाथि सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागले समेत अुनसन्धान गर्ने भएपछि प्रहरीले फेरि पक्राउ गरेको हो ।

अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई पुन महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागले अग्रवालमाथि अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउको आदेश दिएकाले पुनः पक्राउ गरिएको बताउनुभयो ।

विभागले अकुत सम्पत्ति आर्जन गरेको हुनसक्ने अनुसन्धान सुरु गर्ने बताइएको छ । चैत २५ गते अग्रवाललाई नक्सालबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो ।

उनले ५ हजार पर्ने थर्मल गनलाई १५ हजारमा बेचेको पाइएको थियो । अग्रवालसँग प्रहरी आफैँ ग्राहक बनेर थर्मल गन किन्नका लागि गएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ४ : ५२ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा